• २०८१ बैशाख १२ बुधबार

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

kharibot

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

आजको बैठको प्रमुख एजेन्डा बैठकमा राष्ट्रिय सभा निर्वाचन हुने भएको छ । निर्वाचनको पराजयको समिक्षामा प्रवेश गर्ने बताइए पनि आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवार छनौट र अस्थाई मुकाम तोकेपछि विकसित परिस्थिति बारे छलफल हुने बताइएको छ । 

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने भएको छ ।  प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पछि केन्द्रिय समितिको बैठक बस्न सकिरहेको थिएन । 

निर्वाचनमा काँग्रेसको पराजय पछि केन्द्रिय समितिको बैठक बोलाउन विभिन्न नेताहरुले माग गरिरहेका बेला काँग्रेसको केन्द्रिय समिति बैठक बस्ने भएको हो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै