• २०८१ बैशाख ८ शनिबार

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको सेवासुविधा बढायो 

kharibot

काठमाडौँ । सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा गराउने निर्णय गरेको छ ।

गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुई वटा सवारीसाधनलगायत सुविधा दिने निर्णय गरेको हो । 

‘मन्त्रिपरिषदको २०७३ माघ १० गतेको निर्णयबमोजिको सुविधाका आतिरिक्त पूर्व राष्ट्रपतिलाई देहायको सुविधा गृह मन्त्रालयले उपलब्ध गराउन,’ २०७४ मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ, ‘सवारीचालक र इन्धनसहितको २ वटा सवारी साधन, पत्रपत्रिकाबापत मासिक तीन हजार रुपैयाँ र खानेपानी, टेलिफोन । इन्टरनेट र बिजुलीको बिलबमोजिमको रकम ।’

एक वर्षअघि सरकारले पूर्वराष्ट्रपतिलाई मासिक २ लाख रुपैयाँसम्म, २ वटा सवारीसाधन एकजना सवारी चालक २ सय ७ लिट मासिक इन्धन, २० लिटर मासिक मोबिल, एक जना उपसचिव तहको स्वकीय सचिव, एक जना सहयोगीलगायतको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै