सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको सेवासुविधा बढायो 

खरीबोट

काठमाडौँ । सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा गराउने निर्णय गरेको छ ।

गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुई वटा सवारीसाधनलगायत सुविधा दिने निर्णय गरेको हो । 

‘मन्त्रिपरिषदको २०७३ माघ १० गतेको निर्णयबमोजिको सुविधाका आतिरिक्त पूर्व राष्ट्रपतिलाई देहायको सुविधा गृह मन्त्रालयले उपलब्ध गराउन,’ २०७४ मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ, ‘सवारीचालक र इन्धनसहितको २ वटा सवारी साधन, पत्रपत्रिकाबापत मासिक तीन हजार रुपैयाँ र खानेपानी, टेलिफोन । इन्टरनेट र बिजुलीको बिलबमोजिमको रकम ।’

एक वर्षअघि सरकारले पूर्वराष्ट्रपतिलाई मासिक २ लाख रुपैयाँसम्म, २ वटा सवारीसाधन एकजना सवारी चालक २ सय ७ लिट मासिक इन्धन, २० लिटर मासिक मोबिल, एक जना उपसचिव तहको स्वकीय सचिव, एक जना सहयोगीलगायतको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
 

सम्बन्धित समाचार

अहिलेको विकासको ढाँचाले प्राकृतिक स्रोतलाई नष्ट गर्ने : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिले भएको विकासको ढाँचाले प्राकृतिक स्रोतलाई नष्ट गर्ने बताएका छन् ।  बारबरा फाउण्डेशनले आज यहाँ ‘बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार वितरण’ समारोह तथा ‘चुरे संरक्षण

पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

पर्सा । यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको आत्माको शान्तिको कामना गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले समवेदना व्यक्त गरेका छन् ।  वीरगञ्जमा आज एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको सेवासुविधा बढायो 

काठमाडौँ । सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुई वटा सवारीसाधनलगायत सुविधा दिने निर्णय गरेको हो ।  ‘मन्त्रिपरिषदको

पूर्वराष्ट्रपति रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न घरधनीको अल्टिमेटम

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवको घर भाडा विवाद फेरी बल्झिएको छ ।   भाडाको घरमा बस्दै आएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले