• २०८१ बैशाख ७ शुक्रबार

९ खेलाडीमा सिमित चेल्सी पेनाल्टी सुटआउटमा विजयी 

kharibot

काठमाडौँ । एफए कप अन्तर्गत चेल्सीले नर्विच सिटीलाई पेनाल्टी सुताउटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटमा खेलको अन्तिम समयमा नर्विचले गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएको खेलमा १२० मिनेटको खेलमा पनि खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको थियो ।

चेल्सीले खेलको अन्तिम समयतिर दुई खेलाडी गुमाएको थियो । चेल्सीका पेड्रोले ११७औ मिनेटमा र अल्भारो मोराटाले १२०औ मिनेटमा दोहोरो पहेलो कार्ड पाउदै मैदान छोड्दा चेल्सी ९ खेलाडीमा सिमित भएको थियो ।

पेनाल्टी सुटआउटमा चेल्सीका विलियन, डेभिड लुइज, अजपिलीक्युटा, कन्टे र हजार्डले गोल गरेका थिए भने नर्विचका लागि नेल्सन ओलिभियेराले पहिलो पेनाल्टी नै मिस गर्दा चेल्सी विजयी भएको थियो ।

यस अघि खेलको ५५औ मिनेटमा चेल्सीका लागि बटशुआईले गोल अग्र्दै सुरुवाती अग्रता दिलाएकोमा खेलको इन्जुरी समयमा नर्विचका लुइसले गोल गर्दै खेल बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

चेल्सी एफए कपको चौथो चरणमा आगामी जनवरी २७ मा न्युक्यासलसँग खेल्ने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै