सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

खरीबोट

फाइल फोटो ।

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज खड्काको निर्वाचनको सक्कल मुचुल्का झिकाउन निर्वाचन आयोगका नाममा आदेश दिएको हो । 

मतगणनामा घोटाला भएको भन्दै खड्काले पुनः मतगणनाको आदेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको गत पुस ७ गते भएको सुनुवाइमा संवैधानिक इजलासले निर्वाचन आयोगलाई मतगणनाको मुचुल्का झिकाउन भनेको थियो । 

आज आयोगलाई आफूले प्राप्त गरेको सक्कल मुचुल्का संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो ।

सम्बन्धित समाचार

कैदीलाई स्थानान्तरण गरीदिने भन्दै घुसलिने जेलर विरुद्व अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख ९जेलर० कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार जेलमा रहेका कैदीबन्दीलाई स्थानान्तरण

अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।  न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा शरीर

श्रीमती घाइते पारेको अभियोगमा श्रेष्ठ पुर्पक्षमा

भक्तपुर । आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते

मालदिभ्समा राजनीतिक संकट बढ्यो, सर्वाेच्च अदालत र सरकारबीच विवाद बढ्दै

माले । मालदिभ्स्मा राजनीतिक संकट झनै गहिरिएको समाचार छ ।  गएको बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको समाचार छ ।  आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वाेच्च