• २०८१ बैशाख १३ बिहीबार

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य फेरी बढ्यो 

kharibot

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो ।

निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । नयाँ मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ ।

प्रत्येक महिनाको १५ दिनमा मूल्य समायोजन गर्ने नीति अनुसार मूल्य बढेको हो । भारतीय आयल निगम लिमिटेडले नयाँ मूल्य पठाएपछि निगमले पनि बिहीबारदेखि मुल्य बढाएको हो ।

बिहीबारदेखि एक लिटर पेट्रोललाई १०३, डिजेल र मट्टतिेलको मुल्य प्रतिलिटर ८१ रुपैयाँ पुगेको छ ।  पेट्रोल, डिजेल र मट्टितेलको मुल्य फेरी बढ्यो यसअघि गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै