• २०८१ बैशाख ८ शनिबार

सिद्धार्थ बैंकको भाइबर बैंकिङ्ग सेवा प्रारम्भ 

kharibot

काठमाडौँ  । सिद्धार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित गरि भाइबर बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सकिने बैंकले जनाएको छ ।

भाइबर बैंकिङ्ग सेवा लिन ग्राहकको मोबाइल नम्बर बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको हुनुपर्नेछ । सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङ्गमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्ने, कर्जा सुविधा , मुद्दती खातालगायत बैंकका अन्य सेवाबारे जानकारी पाउन सकिने छ ।

यो सेवा बैंकका ग्राहकले मात्र नभई यस बैंकमा खाता नभएका सर्वसाधारणले पनि उपयोग गर्न सक्नुहुनेछ । खाता नभएको व्यक्तिले यस सेवामार्फत बैंकका शाखा ,एटीएम तथा अन्य सेवा सम्बन्धि जानकारी लिन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकको यस नविनतम सेवाबाट ग्राहकहरुले अधिक्तम लाभ लिनुहुने कुरामा बैंक विस्वस्थ रहेको छ ।

बैंकले हाल देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८२ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै