• २०८१ बैशाख ८ शनिबार

डेभ्यु खेलाडी एनगिडीले ६ विकेट लिएपछि दक्षिण अफ्रीकासँग भारत हार्यो  

kharibot

काठमाडौँ । दक्षिण अफ्रीका भ्रमणमा रहेको भारत क्रिकेट टिमले टेष्ट श्रृंखला गुमाएको छ । 

आज सकिएको दोस्रो टेष्टमा १३५ रनले विजयी हुँदै दक्षिण अफ्रिकाले ३ टेष्टको श्रृंखला २–० ले आफ्नो पक्षमा पारेको हो । दोस्रो टेष्टमा २८७ रनको लक्ष्य पछ्याएको भारत १५१ रनमा अलआउट हुदै सिरिज नै गुमायो । दोश्रो पारीमा भारतका रोहित शर्माले सर्वाधिक ४७ रन बनाएको छन् । 

यस्तै मोहम्मद सामीले २८ तथा पार्थिव पटेल र चेतेश्वर पुजाराले समान १९ रन बनाएका थिए । 

भारतलाई १५१ रनमा अलआउट गर्न दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ६ विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो पारीमा ३३५ र दोस्रो पारीमा २५८ बनाएको थियो । भारतले भने पहिलो पारीमा ३०७ रन बनाएको थियो । 

पहिलो टेष्टमा दक्षिण अफ्रिकाले भारतलाई ७२ रनले हराएको थियो । यी दुइ देशबिचको तेस्रो तथा अन्तिम टेष्ट २४ जनवरीमा हुनेछ ।

खेलको म्यान अफ द म्याच दक्षिण अफ्रिकाका बलर लुंगी एनगिडी बनेका छन् । एनगिडी आफ्नो डेभ्यु खेलमा दुई इनिंगमा ७ विकेट लिदै म्यान अफ द म्याच बनेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै