• २०८१ बैशाख ६ बिहीबार

गुँरास लाइफद्वारा बीमा दाबी रकम भुक्तानी

kharibot

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युुदाबी रकम भुक्तानी दिएको छ ।

कम्पनीले लम्जुङ्ग जिल्ला राइनस नगरपालिका वडा नं. २ घर भएका शुक्रबहादुर सेनको वैदेशिक रोजगारीका क्रममा हृदयाघातका कारण मृत्यु भएकोमा उनकी श्रीमतीलाई दाबी भुक्तानी रकम दिएको हो । 

सेनले गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए । गत पुस ३० एक कार्यक्रम मार्फत उक्त बीमा दाबी भुक्तानी पाँच लाख ५० हजार रुपैयाँ कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले सेनकी श्रीमती सपना शाही मल्ललाई हस्तान्तरण गरेका हुुन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै