• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा सात अंकको गिरावट : लघुवित्तबाहेक सबैले गुमाए

kharibot

काठमाडौं । नेप्सेमा आज पनि गिरावट देखिएको छ । साताको चौँथो कारोबार दिन आज बुुधवार नेप्से सात दशमलव १९ अंकले घटेर १४ सय छ दशमलव ५२ विन्दुुमा झर्दा सेन्सिटिभ एक दशमलव ५५ अंकले घटेर दुुई सय ९६ दशमलव ८६ विन्दुुमा झरेको छ ।

आज कुुल एक सय ५८ कम्पनीहरुको चार हजार चार सय ६० वटा कारोबारमा नौ लाख ७९ हजार एक सय ९६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ४० करोड ४८ लाख ६७ हजार चार सय ६७ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज सबैगरी कुुल नौ वटा समूहको कारोबार भएकोमा लघुुवित्त समूहको सूचक चार दशमलव एक अंकले बढेर १७ सय एक दशमलव ९८ अंकमा पुुगेकोमा दुुई करोड ९१ लाख ६६ हजार दुुई सय रुपैयाँको सेयर कारोबार भएको छ । यसबाहेक बाँकी समूहको सूचक भने आज घटेकाछन । बाँणिज्य बैंक समूहको सूचक सात दशमलव १७ अंंकले घटेर १२ सय १६ दशमलव ६८ विन्दुमा झरेकोमा १३ करोड १२ लाख ४७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक सात दशमलव दुुई अंकले घटेर १५ सय ७० दशमलव ८५ विन्दुुमा झरेकोमा एक करोड ४४ लाख ९३ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलविद्युत् समूहको सूचक पनि आज १५ दशमलव १७ अंकले घटेर १८ सय ६१ दशमलव २३ विन्दुुमा झरेकोमा १४ करोड २१ लाख १७ हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ ।

यसैगरी बीमा समूहको सूचक शुन्य दशमलव आठ अंकले घटेर सात हजार दुुई सय ७० दशमलव ४४ विन्दुमा झरेकोमा छ करोड ६७ लाख ३८ हजार आठ सय रुपैयाँको सेयर सेयर खरिद बिक्री भएको छ । आज फाईनान्स, होटल, उत्पादनमुुलक र अन्य समूहको सूचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरएसडिसी लघुवित्त संस्थाको सेयर मूल्य पाँच रुपैयाँ २७ पैसाले बढेर ११ सय ७५ रुपैयाँमा सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको  अपी पावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ५७ पैसाले घटेर चार सय पाँच रुपैयाँमा सेयर कारोबार भएको छ ।

 रकम कारोबारका आधारमा अग्रस्थानमा परेको सानिमामाई हाईड्रो पावर कम्पनीको चार सय १८ रुपैयाँ अन्तिम मुुल्यमा १२ करोड २० लाख १८ हजार सात सय २७ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी नविल बैंकको पनि एक हजार ३९ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड १० लाख ७५ हजार ३९ रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै