'तालिवानको पुण्यस्थल' पाकिस्तानबाट यसकारण अमेरिका पछि हट्नुहुँदैन

खरीबोट

न्युयोर्क(रासस)/ अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरमातहत रक्षामन्त्री बनेका हेराल्ड ब्राउनले अमेरिका र तत्कालिन सोभियत संघको सशस्त्र दौडलाई मुल्याङ्कन गर्दै बताइने गर्छ, “जब हामी निर्माण गर्छौं, उनीहरू पनि निर्माण गर्छन् र जब हामी निर्माण गर्नेछैनौँ, उनीहरूले निर्माण गरिरहनेछन् ।” 

अमेरिकी सरकारको दृष्टिमा पाकिस्तानसँगको अमेरिकी सम्बन्ध दुरुस्तै छ । जब हामी पाकिस्तानलाई सहयोग गर्छौ, उनीहरूले त्यस्ता गतिविधि गर्छन्, जुन हामीले चाहन्नौ र जव हामीले पाकिस्तानमाथि प्रतिबन्ध लगाउँछौैँ, उनीहरूले हामीले नचाहेका गतिविधि जारी राख्छन् । 

पाकिस्तानको दृष्टिमा विगत धेरै खालका धोखाजन्य कथाले भरिएको हुनेछ । पाकिस्तानीले अमेरिकालाई केही समयका लागि नजिक हुने र पाकिस्तान केही सबल देखिएपछि इस्लामाबादलाई दिँदै आएको सहयोग कटाउने बाहेक केही गर्दैनन् भन्ने आरोप पनि छ । अर्थात् अमेरिका आफ्नो स्वार्थको लागि पाकिस्तानसँग सम्बन्ध गाँस्छ र कुनै पनि समय छुटाउनसक्छ भन्ने आरोप रहने गरेको छ । 

उदाहरणका लागि अमेरिकाले तत्कालिन सोभियत यूनियनसँग लड्न सन् १९८० को दशकमा छिमेकी अफगानिस्तानमा लड्न मुजाहिद्दिन इस्लामिक समूहलाई हतियार दियो । तर जव सोभियत सैनिक सन् १९८९ मा अफगानिस्तानबाट बाहिरियो अमेरिकाले पनि उक्त क्षेत्रलाई छोड्यो । अमेरिकी कानूनको उल्लङ्घन गर्दै पाकिस्तानले आणविक हतियार विकास गर्यो र अमेरिकाले सहयोग फिर्ता गर्न बाध्य पर्यो । 

धेरैजसो अमेरिकी सहयोग पछिका केही बर्षमा पुनः पाकिस्तानमा गयो । तर पाकिस्तानले आणविक कार्यक्रमलाई विस्तार गरेसँगै यसलाई लिविया, उत्तर कोरिया र इरानमा समेत सहयोग गरियो र आणविक कार्यक्रमलाई ती मुलकसम्म पनि पुर्याइयो । यसका कारण पुनः दुई देशबीचको सम्बन्ध टाढा बन्यो । 

लेखक

सन् २००१ को सेप्टेम्बर ११ अमेरिकामा आतङ्ककारी हमला भयो तत्कालिन अमेरिकी जर्ज डब्लु बुसको प्रशासनले पाकिस्तानलाई कडा शर्त राख्यो । शर्त अनुसार पाकिस्तानले कि त अमेरिकासँगको सम्बन्ध रोज्नुपर्ने थियो कि तालिवानसँगको सम्बन्ध । जतिबेला अफगानिस्तानमा अमेरिकी सहयोगमा आक्रमण भएको थियो । त्यसबेला पाकिस्तानले अफगानिस्तानको सिमाना खुकुलो पारिदिदाँ तालिवानले पाकिस्तानलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्दै आएको थियो । 

पाकिस्तानले आतङ्कवाद विरोधी लडाईमा सहयोग गर्ने प्रतिवद्धता गर्यो । यसको बदलामा पाकिस्तानलाई सन् २००४ मा अमेरिकाले ‘उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बाहेकको प्रमुख सहयोगी’ का रूपमा विश्वास ग¥यो । यसकारण पाकिस्तानले केही अत्याधुनिक सैनिक उपकरण प्राप्त गर्यो । 

तर अहिले अमेरिकी राष्ट्रपति पाकिस्तानसँग खुशी छैनन् । वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले कुटनीतिक रूपमा पाकिस्तान र अमेरिकाबीचको असन्तुष्टिलाई जाहेर गर्नुपर्नेमा सार्वजनिक गर्ने विकल्पलाई अघि सार्नुभयो । ट्रम्पको शब्दमा “अमेरिकाले मूर्खतापूर्ण तरिकाले पाकिस्तानलाई विगत १५ वर्षमा ३३ अर्ब अमेरिकी डलर दियो । बदलामा उनीहरूले हाम्रा नेतालाई मुर्ख बनाउँदै झूट र छलकपटभन्दा केही दिएनन् । पाकिस्तानले हामीले अफगानिस्तानमा खोजीरहेका र लखेटिरहेका आतङ्ककारीलाई थोरै सहयोगका साथ (धेरै होइन) सुरक्षित आश्रयस्थल प्रदान गरे ।” 

यदि मलाई सोधिएको भए, यद्यपि म यसका लागि जिम्मेवार व्यक्ति त होइन, मैले यस खालका सन्देश कुटनीतिक माध्यमबाट जानुपर्ने बताउने थिएँ । हो, पाकिस्तान अमेरिकी सहयोगको ऋणी छ तर पनि अमेरिकाको खुला आलोचनाले वासिङटनले अपेक्षा गरेजस्तो लक्ष्यका लागि पाकिस्तानलाई आफ्नो नीतिगत बाटो सच्याउन कठीन हुन्छ । मैले पाकिस्तानसँगका विशेष गतिविधिलाई अमेरिकासँग जोड्न पाकिस्तानसँग सुरक्षा सम्बन्ध कटाउने बिषयका विरुद्ध बहस गर्ने थिएँ । 

वास्तवमा अमेरिकी ठूलो गल्ती भनेको सेप्टेम्बर ११ को हमलापछि पाकिस्तानलाई मित्रशक्तिका रूपमा विश्वास गर्नु हो । यसलाई ठूलो नीतिगत कमजोरी भन्न सकिन्छ । वास्तवमा ठूला लेनदेनका सम्बन्धले पाकिस्तान र अमेरिकालाई नजिक बनाउन सक्नेछैन । 

पाकिस्तान अमेरिकी सहयोगको ऋणी छ तर पनि अमेरिकाको खुला आलोचनाले वासिङटनले अपेक्षा गरेजस्तो लक्ष्यका लागि पाकिस्तानलाई आफ्नो नीतिगत बाटो सच्याउन कठीन हुन्छ ।

पाकिस्तान विश्वकै द्रूत गतिमा आणविक हतियार निर्माण विकास गर्ने मुलुक हो । कुनै समय ओसामा विन लादेनको आश्रयस्थल रहेको र अहिले पनि विश्वका खतरनाक आतङ्कवादी समूहका नाइकेले आश्रय लिएको देशका रूपमा यसलाई कतिपय मुलुकले लिने गर्छन् । ट्रम्पले भनेजस्तै तालिवानको पुण्यस्थल पाकिस्तान भएको छ, जसले अफगानिस्तानलाई अस्थिर पार्न सङ्घर्षका गतिविधि सञ्चालन गर्दै आएका छन् । पाकिस्तानी नीतिले अमेरिकाको विगत डेढ दशकदेखि अफगानिस्तानमा शान्ति स्थापना गर्ने प्रयासलाई विफल मात्र पारेको छैन, विगत र अहिले पनि अफगानिस्तानमा रहँदै आएका हजारौँ अमेरिकी सेनाको जीवनमाथि खतरा उत्पन्न गरेको छ । 

धेरैले अनुमान गरेको लेनदेनको सम्बन्धले पाकिस्तान र अमेरिकी सम्बन्धलाई नजिक पार्न सक्दैन । नाम मात्रको प्रजातन्त्र पाकिस्तान, जहाँ सेना तथा गुप्तचर सेवामा समेत राजनीतिक प्रभाव हुने गर्छ, ले तालिवानले महत्वपूर्ण भूमिका खेल्ने अफगानिस्तान चाहन्छ । विविध कारणले गर्दा अमेरिका यो चाहदैन । 

यसबाहेक हालका बर्षहरूमा अमेरिकाले पाकिस्तानको प्रमुख प्रतिद्वन्द्वी भारतसँगको सम्बन्धलाई मजबुत बनाएको छ । पाकिस्तानको स्वभाविक सहयोगीका रूपमा चीन देखिएको छ । चीनले पाकिस्तानको संरचनागत विकासका लागि ठूलो लगानी गरेको छ र सैनिक उपकरणको प्रमुख श्रोत बनेको छ । चीनले पनि जनसङ्ख्यामा छिट्टै उछिन्न लागेको र आर्थिक तथा रणनीतिक प्रतिस्पर्धी भारतसँग होसियार बन्नुपर्ने यथार्थ रहेको छ । चीन र भारतबीच पनि सीमा विवाद छ । 

त्यसैकारण अमेरिकाले पाकिस्तानबाट पछि हट्नुहुँदैन । नराम्रो अवस्था सधै खराब बन्ने गर्छन् । आज पाकिस्तान कमजोर राष्ट्र छ भोलि असफल बन्नसक्छ । आणविक हतियार र आतङ्कवादीहरूको आश्रयस्थल क्षेत्रीय तथा विश्वव्यापी दुश्परिणामको समाचार बन्ने खतरा उत्तिकै छ । 

त्यसैले आर्थिक तथा मानवीय सहयोग दिँदा यसलाई कसरी प्रयोग गरिएको छ नजिकबाट निगरानी गरेर जारी राख्नु पर्छ । आतङ्कवादलाई परास्त गर्न पाकिस्तान र अफगानिस्तानसँग सिमित सहकार्य अझै सम्भव छ । भारत तथा पाकिस्तानबीचको युद्धको सम्भावनालाई टार्न अमेरिकाले दुबै मुलुकसँग सम्बन्ध बलियो बनाउनु जरुरी छ । अझैपनि अमेरिका र सोभियत संघबीच शीतयुद्धको उच्चविन्दुमा देखिएको सम्बन्धजस्तो भारत र पाकिस्तानको सम्बन्ध विकसित भएको छैन । दुबै देशसँग मिलेर काम गर्ने र उनीहरूको सम्बन्धलाई बलियो पार्न पहल अमेरिकाले गर्नुपर्छ । 

अमेरिका–चीनको कार्यसूचिमा निरन्तर चासो राख्नु पाकिस्तानका लागि पनि अर्थपूर्ण रहन्छ । अमेरिका र चीनबीच कोरियाली प्रायद्वीपमा उनीहरूका सेना, आणविक हतियार र स्थानीय अस्थिरताका बिषयका विविध पक्षबारे छलफल भइरहेको छ । पाकिस्तानको सम्लग्नतामा निम्तिनसक्ने सङ्कटबाट टाढा रहन र कसैलाई असफल हुनबाट रोक्नका लागि बहस थाल्नु कम जरुरी छैन । 

  • (रिचार्ड एन हास अमेरिकी विदेश सम्बन्ध परिषद् प्रमुख, सन् २००१ देखि २००३ सम्म अमेरिकी राज्य नीति निर्माण महाशाखाका निर्देशक, अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसका उत्तरी आएरल्याण्डका लागि विशेष प्रतिनिधि र अफगानिस्तानको भविष्य नामक कार्यक्रमका संयोजक हुन् । उनी ‘वल्र्ड इन डिसएरेः अमेरिकन फरेन पोलिसी एण्ड द क्राइसिस अफ द वल्ड अर्डर’ नामक पुस्तकका लेखक हुन् ।) अनुवाद : दिलीप शर्मा 

सम्बन्धित समाचार

भारतीय र पाकिस्तानी कैदी रिहा

नयाँ दिल्ली । पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय कारागारमा कैदमा रहेका

आज पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस 

काठमाडौं । पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा मंगलबार काठमाडौँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो ।  नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र

इमरान खानको सपथग्रहण समारोहमा सिद्धु सहभागी हुने

चन्डीगढ, भारत। भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।  पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई

साफ यू–१५ महिला फूटबल : पाकिस्तानमाथि नेपालको सानदार जित

काठमाडौँ। भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ ।  शनिबार भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो ।