• २०८१ बैशाख ८ शनिबार

'होम एण्ड अवे'की नायिका फाल्कहोल्टको सवारी दुर्घटनामा मृत्यु 

kharibot

हलिउड । होम एण्ड अवे नामको अष्ट्रेलियन टेलिभिजन शोकी नायिका जेसिका फाल्कहोल्डको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । तीन हप्ताअघि उनी कार दुर्घटनामा परेकी थिइन् । उनको अष्ट्रिेलियाली अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । 

अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत २६ डिसेम्बरमा भएको दुर्घटनामा परी उनका परिवारका सदस्यहरु, बहिनी र अर्का एक सवारी चालकको समेत यसअघि नै मृत्यु भइसकेको छ । बुधबार बिहान उनको मृत्यु भएको सिडनीस्थित सेन्ट जर्ज हस्पिटलले जनाएको छ । उनको बहिनीको तीन दिनअघि नै मृत्यु भएको थियो भने परिवारका अन्य सदस्यहरुको समेत दुर्घटनामा परी मृत्यु भएको थियो । 

अष्ट्रेलियाली प्रहरीले दुर्घटनाबारे छानबिन गरिरहेको जनाएको छ । दुर्घटनाका बेला कार कसले चलाएको थियो भन्ने नखुलेको बताइएको छ । 

उनले अभिनय गरेको शो च्यानल सेभेनले ब्रोडकाष्ट (प्रसारण) गर्दै आएको थियो । उक्त शोमा जेसिकाको अभिनयलाई अत्यधिक रुचाइएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै