सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सम्झौता 

खरीबोट
ad

काठमाडौँ । लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । 

सिगे मनी ट्रान्सफरको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ भने ९०,००० भन्दा बढी एजेन्ट लोकेशन्हरु रहेको जानकारी दिइएको छ । 

यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे ट्रान्सफर मार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सकिने जानकारी सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले दिएका छन् । 

यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट पे्रसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरेका छन् । सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरु मा पनि सिटी एक्सप्रेससँग नयाँ सहकार्य गर्दै जाने बताए ।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ५००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित समाचार

सिटी एक्सप्रेस र अल मुजैनी, कुवेतबीच रेमिटान्स सेवा सुरु

काठमाडौँ । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेत को ख्यातीप्राप्त मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्ज बिच रेमिटान्स सेवा सुरु भएको छ ।  अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि

‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ योजनाका बम्पर उपहार विजेतालाई कार हस्तान्तरण 

काठमाडौँ । सिटी मनि ट्रान्सफरले विजयादशमी एवं शुभ–दीपावली तथा छठ पर्वको अवसरमा संचालन गरेको ‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ उपहार योजनाका बम्पर उपहार कार विजेतालाई उपहार हस्तान्तरण गरेको छ ।   एक

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेतबाट पनि सुरु

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेतबाट पनि सुरु भएको छ ।  सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको क्यास एक्सप्रेस वोर्ल्डवाइड मार्फत नेपालको सिटी एक्सप्रेस मनी

सिटी एक्सप्रेस र अरबको बैक अल बिलादबीच सम्झौता

काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र बैंक अल बिलाद , एन्जाज साउदी अरब बिच रेमिटान्स सम्झौता भएको छ । साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र