• २०८१ बैशाख ८ शनिबार

कोइराला परिवारका तीन नेताको ‘लन्च’ मिटिंग, काँग्रेसको नेतृत्वमा फर्किने रणनीति 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका कोइराला परिवारका तीन नेताले कांग्रेस महामन्त्री डा. शशांक, सुजाता र डा. शेखरबीच मंगलबार भएको ‘लन्च’ मिटिंगले समस्त काँग्रेसीजनलाई तरंगित बनाएको छ । 

मंगलबार सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा शशांक र शेखर कोइरालाले लन्चसहित तीन घन्टा कोइराला परिवारको काँग्रेसमा पुनरागमनका विषयमा छलफल गरेका छन् ।

यसअघि गत ४ साउनमा कांग्रेस महामन्त्री शशांकको टोखास्थित निवासमा एकसाथ पहिलोपल्ट राजनीतिक विषयमा कुराकानी गरेर काँग्रेस नेतृत्वमा कोइराला परिवारको पुरागमन गर्ने रणनिति बनाएका यी तीन निर्वाचन पछि फेरी एक ठाउमा भएका छन् । 

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको पराजय पछि केन्द्रीय समितिको बैठक बोलाइएपछिको अवस्थामा कोइराला परिवारका तीन नेताको भेटलाई महत्वका साथ हेरिएको छ ।

झन्डै दुई वर्षअघि सम्पन्न १३औँ महाधिवेशनबाट कांग्रेस नेतृत्व कोइराला परिवारबाट शेरबहादुर देउवाको हातमा पुगेको थियो । महामन्त्रीमा डा.शशांक निर्वाचित भएका थिए । तर देउवाको नेतृत्वमा काँग्रेस कमजोर भएको, निर्वाचनमा पराजय भएको र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष सहित कोइराला परिवारमै काँग्रेसको नेतृत्व फर्काउने कसरत स्वरूप यो बैठकमा छलफल भएको बुझिएको छ ।

कोइराला परिवारको नयाँ गुट :

अहिले काँग्रेसमा प्रष्ट रुपमा चार गुट देखिएको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खडका गुट । तर यस भित्र अनेकौ उप गुट पनि अस्तित्वमा छन् । तर गत साउनमा भएको कोइराला परिवारका यी तीन नेताको छलफलबाट काँग्रेसमा कोइराला परिवारको नयाँ गुटको जन्म भएको विस्वास गरिन्छ ।

महामन्त्री डा.शशांक पौडेल समुहबाट महामन्त्री बनेपनि उनि पौडेल समुह भन्दा बढी सभापति देउवासमुहसँग नजिक रहेको काँग्रेस भित्र चर्चा पहिलादेखि नै चलिरहेको छ । त्यस्तै डा. सेखर कोइरालाले आफ्नै किसिमले कार्यकर्ता भेट्ने र देश दौडाहामा निस्किने गरिरहेका छन् । भने सुजाता कोइराला स्वास्थ्यको कारण बिचमा सक्रिय नभए पनि खुलेर लागेको पाइदैन ।

कोइराला परिवारका तीन नेताले काँग्रेसमा रहेका अनेकौ गुट उपगुटको व्यवस्थापन गर्दै कोइराला परिवाको नेतृत्वलाई बलियो बनाउने निर्णय गरेका छन् । तीन नेताहरुले काँग्रेस पार्टी र भातृसंगठनहरुमा समेत हस्तक्षेपकारी भूमिका खेल्ने तयारीमा छन् । उनीहरुले अब भातृसङ्गठ हरुमा रहेका गुटको पनि व्यवस्थापन गर्दै आफुहरुको पक्षम माहोल बनाउने तयारी शुरु गर्ने निर्णय पनि गरेका छन् ।

नयाँ गुट बनाउने कसरत :

निर्वाचन परिणाम पछि काँग्रेसमा नयाँ गुट बनाउने कसरत भइरहेका छन् । जसको नेतृत्व प्रकाशमान सिंहले गरिरहेका छन् । प्रकाशमानले कोइराला परिवार बाहेकका पौडेल समुहका नेताहरु र सभापति देउवाबाट रुष्ट भएका देउवा समुहका नेताहरुलाई एकत्रित गर्ने प्रयास गरिरहेको काँग्रेस वृतमा ठुलो चर्चा चलिरहेको छ । प्रकाशमानले सिटौलालाई साथ दिइरहेका युवा नेता गगन थापालाई समेत यसमा सामेल गराएको बताइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसी लगायतका नेताहरु पनि काँग्रेसभित्र देउवाविरुद्ध मोर्चाबन्दी गर्ने तयारी स्वरूप लगातर छलफलमा रहेका छन् ।

सभापति देउवाको रणनिति :

सभापति देउवाले पछिल्लो पटक युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएर एउटी तिरले धेरै निशाना लगाएका छन् र यसमा उनि सफल देखिएका छन् । निर्वाचन पछि भइरहेको नेतृत्वको विरोध र अलोचन देउवाको यो कदम पछि केहि हदसम्म शान्त देखिएको छ भने एक हुन् लागेका युवा नेताहरुलाई पनि उनले तोडिदिएका छन् । अर्को तिर युवालाई पार्टीमा कम दिएर युवा तहमा केहि आशा देखाएका छन् । 

तर यति हुदा हुदै पनि देउवा समुह भित्र पनि व्यापक असन्तुष्टि देखिएको छ । विगतमा पदको भागबन्डादेखि सरकार संचालनका क्रममा अनेकौ विवाद र भागबन्डा नमिल्दा देउवा समुह आफैमा क्षत विक्षत अवस्थामा रहेको छ । देउवा समुहबाट महामन्त्री लडेका अर्जुन नरसिंह केसी, अर्का नेता विमलेन्द्र निधिलगायतका नेताहरु सभापतिसँग रुष्ठ रहेका छन् । विमलेन्द्र निधिले खोजेको उपसभापति अहिलेसम्म पनि नदिनु उनि रुष्ठ हुनुको प्रमुख कारण हो । तर सभापति देउवासँग नजिक रहेका एक नेताका अनुसार पार्टीको महाधिवेशनसम्म पुग्दा देउवाले कोइराला परिवारसँग हात मिलाउने बताउछन् ।

संगठित हुदै गएको कोइराला परिवार र उपगुट बाट ग्रसित देउवा समुह महाधिवेशनसम्म एक हुने र पार्टीमा फेरी सत्तामा कोइराला परिवार नै फर्किने उच्च सम्भावना रहेको टि नेताले खरीबोटलाई बताए । अहिले जसरी जे कुरा बाहिर आएपनि महामन्त्री डा. शशांकनै अब देउवाका पनि सभापतिका उम्मेदवार हुने दाबि ति नेताले गरे ।   

कोइराला परिवार र काँग्रेस :

काँग्रेसमा कोइराला परिवार नै प्रायजसो नेतृत्वमा रहेको पाइन्छ । अहिलेसम्मको काँग्रेसको इतिहासमा सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा मात्र कोइराला परिवार बाहिरबाट सभापति भएका छन् । विपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले कोइराला परिवारबाट पार्टीको नेतृत्व गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै