• २०८१ बैशाख १३ बिहीबार

लेस्टर सिटी एफए कपको चौथो चरणमा, इहिनाचोले गरे ऐतिहासिक गोल 

kharibot

काठमाडौँ ।  एफए कप फुटबल अन्तर्गत मंगलबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा विजयी हुदै लेस्टर सिटी अघिल्लो चरणमा पुगेको छ । पहिलो खेल बराबरीमा सकिएकोले तेस्रो चरणको यो खेल रिप्ले खेल रहेको थियो ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले फेल्टवुड टाउनलाई २–० ले पराजित गरेको हो । लेस्टरको जितमा दुवै गोल म्यान्चेस्टर सिटीका पुर्वखेलाडी केलिची इहिनाचोले गरेका हुन् । 

खेलको ४३औँ मिनेटमा इहिनाचोले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा लेस्टरका लागि एक गोल गरेका इहिनाचोले दोस्रो हाफमा गरेको गोल ऐतिहासिक बन्न पुग्यो । खेलको ७७औँ मिनेटमा इहिनाचोले गोल गरे । रियाद महरेजले पास गरेको बललाई इहिनाचोले गोलमा परिणत गरेका हुन् ।

सुरुमा यस गोललाई अफसाइड रहेको भन्दै रेफ्रीले गोलको मान्यता दिइएनन् । तर रेफ्री जोनथन मोस लिइएसेडले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरे अनि त्यसमा अफसाइड नरहेको देखिएपछि गोलको मान्यता दिए । इङलिश फुटबलको इतिहासमा भिएआरमार्फत गोल गर्ने इहिनाचो पहिलो खेलाडी बनेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै