• २०८१ बैशाख १२ बुधबार

विभागीय टोली एपिएफले मध्यपश्चिम फुटबल क्लबलाई हराउदै विजयी शुरुवात

kharibot

फाइल फोटो ।

तुलसीपुर । अठ्ठाइसौँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आजदेखि दाङको तुलसीपुरमा शुरु भएको छ । 

अखिल नेपाल फुटबल संघ एन्फा को आयोजना तथा दाङ जिल्ला फुटबल संघको सहआयोजनामा शुरु भएको उक्त प्रतियोगिताको न्याय परिषद्का सदस्य पदमप्रसाद बैद्धिकले उद्घाटन गरेका हुन् । 

स्थानीय अरनिको मैदानमा भएको शुरुवाती खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मध्यपश्चिम फुटबल क्लबलाई ०–१ को गोलअन्तरले पराजित गर्दै विजयी यात्रा शुरु गर्यो । एपिएफका तर्फबाट जर्सी नं १८ का अमृत अधिकारीले १८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । प्रतियोगिताअन्तर्गत बुधबार पश्चिमाञ्चल र नेपाल प्रहरीबीच प्रतिस्प्रर्धा हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै