• २०८१ बैशाख ११ मंगलबार

०७२ सालको भूकम्पबाट पाठ सिक्यौँ : प्रधानमन्त्री देउवा

kharibot

काठमाडौं / सबल समुदाय र स्थानीय सरकार, भूकम्पपीय सुरक्षाको बलियो आधार भन्ने मूल नाराको साथ २०औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । मंगलबार वसन्तपुर दरबार क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा कार्यक्रम गरी दिवस मनाइएको हो । 

कार्यक्रममा बौल्दै प्रधानमन्त्री देउवाले ०७२ सालको विनाशकारी भूकम्पबाट ठूलो पाठ सिकेको भन्दैँ भूकम्पबाट हुने जोखीम न्यूनीकरणको लागि काम गर्नुपर्ने भन्दै यसलाई बोलेर भन्दा पनि व्यावहारिक रुपमै लागू गर्नुपर्ने बताए । घर बनाउँदा भवन संहिताको नियम पालना गर्न प्रधानमन्त्री देउवाले आग्रह गरे । 

त्यस्तै काठमाण्डौँ महानगर प्रमुख विद्या सुन्दर शाक्यले ०७२ सालमा गएको विनाशकारी भूकम्पमा जस्तो मानवीय क्षति नहुनको लागि भूकम्पसँग सम्बन्धित  जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै मेयर शाक्यले भूकम्पपीडितले सरकारबाट पाउने तीन लाख अनुदान रकम र २५ लाख सहुलियत ऋण लिन असहज भएको भन्दै महानगरपालिकाले भूकम्पपीडितको लागि नक्सापास गर्दा लाग्ने रकम महानगरले निःशुल्क गरेको बताए । शाक्यले नियम बनाउने र पालना गर्ने हामी आफू नै भएकाले हिजो जे भयो भोलि त्यो नहुने भन्दै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा बोल्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपीडितको लागि दिइने रकम किस्ता किस्तामा दिनुको कारण घर निर्माणको गुणस्तर पहिचान गर्ने गरेको भन्दै धरहराको पुनर्निर्माण पुनर्निर्माण प्राधिकरणले गर्ने बताएका थिए । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले बेलुन उडाएर उद्घाटन गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै