• २०८१ बैशाख १२ बुधबार

सेयर बजार : सुचक तथा कारोवार रकम दुबै घट्दा नेप्से रातै 

kharibot

काठमाडौँ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से रातै भएको छ । आज १० वटा समुहको कारोवार भएकोमा १० वटै समुहको सुचक घटेपछि नेप्से पुरै रातो भएको छ ।

नेप्से सुचक १७ दसमलव ३९ अंकले घटेर १४ सय १३ दसमलव ७१ बिन्दुमा झर्दा सेन्सिटिभ पनि तीन दसमलव ७९ अंकले घटेर दुई सय ९८ दसमलव ४१ बिन्दुमा झरेको छ । कुल एक सय ५४ कम्पनीहरुको चार हजार चार सय २१ वटा कारोवारमा आठ लाख ११ हजार सात सय ५९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३६ करोड २२ लाख ८५ हजार ९२ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज सबैगरी १० वटा समुहको कारोवार भएकोमा सबैभन्दा उच्च अंकले जलबिद्युत समुहको सुचक घटेको छ । उक्त समुहको सुचक एक सय दसमलव आठ अंकले घटेर १८ सय ७६ दसमलव ४० बिन्दुमा झरेकोमा सात करोड तीन लाख ५२ हजार सात सय रुपैयाँको सेयर कारोवार खरिद बिक्री भएको छ ।

बीमा समुहको सुचक पनि ८८ दसमलव छ अंकले घटेर सात हजार दुई सय ७१ दसमलव २४ बिन्दुमा तल झरेकोमा आठ करोड ३७ लाख ७१ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक १२ दसमलव तीन अंकले घटेर १२ सय २३ दसमलव ८५ बिन्दुमा झरेकोमा ११ करोड ५२ लाख ४५ हजार रुपैयाँको सेयर सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समुहको सुचक पनि आज १५ दसमलव ९८ अंकले घटेर १५ सय ७८ दसमलव पाँच बिन्दुमा झरेकोमा दुई करोड १३ लाख २८ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यि बाहेक होटल, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि आज गिरावट देखिएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको एनआईबिएल प्रगती फण्डको प्रतियुनिट सेयर मुल्य चार रुपैयाँ दुई पैसाले बढेर नौ रुपैयाँ ८३ पैसामा कारोवार भएको छ भने सिन्धु बिकास बैकको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ९२ पैसाले घटेर एक सय ५२ रुपैयाँमा सेयर कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको सानिमामाई हाईड्रो पावर कम्पनीको चार सय ३० रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ४५ लाख एक हजार चार सय ८४ रुपैयाँको कारोवार भएको छ  । यसैगरी नविल बैंकको पनि एक हजार ३० रुपैयाँ अन्तिम मुल्यमा दुई करोड २९ लाख ५४ हजार आठ सय सात रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै