• २०८१ बैशाख ८ शनिबार

२०१८ पछि एउटै फिल्ममा १० बर्ष काम गर्ने आमिर खानको योजना  

kharibot

मुम्बई । बलिवुडमा मिस्टर पर्फेक्ट भनेर चिनिने अभिनेता आमिर खानले २०१८ पछि १० बर्षसम्म एउटै फिल्ममा काम गर्ने भएका छन् । 

हाल ठग्स अफ हिन्दुस्तानमा व्यस्त रहेका आमिरले चर्चित महाभारतका लागि १० बर्ष छुट्ट्याएको स्पोट ब्वायेले उल्लेख गरेको छ । ५ सिरिजमा बन्ने महाभारतमा आमिर खानले भगवान कृष्णको भूमिकामा अभिनय गर्ने भएका छन् । फिल्मको हरेक सिरिज २ बर्षमा आउने भएकाले १० बर्षसम्म आमिरले अन्य फिल्ममा काम नगर्ने भएको बताइएको छ ।

हालै एक अन्तर्वार्तामा आमिरले आफ्नो भूमिकालाई पूर्णतया न्याय गर्न चाहेको बताउदै यसका लागि धेरै तयारी गर्नुपर्ने बताएका थिए । 

महाभारतको अहिले प्रोडक्सनको काम सुरु भइसकेको बताइएको छ । फिल्मलाई सेक्रेट सुपरस्टार निर्देशन गरेका निर्देशक अद्वैत चन्दनले निर्देशन गर्ने भएका छन् ।

हाल ठग्स अफ हिन्दुस्तानमा व्यस्त आमिरको यो फिल्म सन् २०१८ को दिपावलीमा रिलिज हुदै छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको यो फिल्ममा आमिरका अलवा अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना शेखले अभिनय गर्दै छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै