• २०८१ बैशाख ७ शुक्रबार

ओलम्पिकमा चार स्वर्ण विजेतालाई डाक्टरले यौन शोषण गरेको खुलासा 

kharibot

वाशिंगटन  । रियो ओलम्पिक २०१६ मा एथ्लेटिक्समा चार स्वर्ण र एक काश्य पदक जितेकी अमेरिकी जिमनास्ट सिमोन बाइल्सले आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी छन् । अमेरिकी जिमनास्टिक टिमका स्पोर्टस डाक्टर लारी नासरले आफूमाथि यौन दुर्व्यवहार गरेको खुलासा गरेकी हुन् ।

रियो ओलम्पिकमा चम्किएकी सिमोनले भावनात्मक वक्तव्य जारी गर्दै लारीले आफूमाथि यौन दुर्व्यहार गरेको तथा आफ्नो प्रेम र खुशी खोसेको बताएकी छन् । आफूले कहिले पनि लारीलाई क्षमा गर्न नसक्ने उनले वक्तव्यमा उल्लेख गरेकी छन् । 

२० वर्षकी सिमोनले आफूमाथि डरलाग्दो दुर्व्यवहार भएको र यसले टुटाउन भने नसक्ने बताएकी छन् । स्वास्थ्य उपचारको क्रममा लारीले यौन दुर्व्यवहार गर्ने गरेको भन्दै अरु तीन पूर्व अमेरिकी ओलम्पियनले पनि आरोप लगाएका छन् । यसमा गाब्बी डोग्लस एक हुन्, जसले सिमोनसँग टिम इभेन्टमा रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी थिइन् । 

डा. लारी १९८० देखि २०१५ सम्म अमेरिकी जिम्नास्टिक खेलसँग जोडिएका थिए । ओलम्पिक गोल्ड मेडल जित्ने एली रेन्जम्यान र म्याकयाला मारोनी जस्ता खेलाडी पनि डा. लारीको विरुद्ध आगाडी आएका छन । 

उनको विरुद्ध १३० भन्दा बढी यौन शोषणका मुद्धा दायर भएको बिबिसीले जनाएको छ । बालिकाको अश्लिल तस्बिर खिचेको तथा यौन दुर्व्यवहार गरेको आरोपमा जेल सजाय भोगिरहेका लारीले सिमोनमाथि यौन दुर्व्यहार गरेको कुरा पनि स्वीकार गरेका छन् ।

लारीलाई गएको डिसेम्बरमा ६० बर्षको जेल सजाय सुनाइएको थियो । डा. लारी आगामी हप्ता अदालतमा उपस्थित हुने र आजीवन काराबासको सजाय हुनसक्ने अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै