• २०८१ बैशाख ७ शुक्रबार

उच्च अदालत भएका ठाउलाई प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारको तयारी  

kharibot

काठमाडौँ । लामो समयदेखि निर्णय हुन् नसकेको प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम आज तोकिने भएको छ । 

प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने प्रमुख एजेन्डाका साथ आज अपराह्न मन्त्रिपरिषद बैठक बस्ने भएको छ । 

आजको बैठकमा सरकारले प्रदेश प्रमुखसँगै प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी कार्यालय पनि तोक्ने तयारी गरेको छ । प्रदेशको अस्थायी राजधानी तोक्दा आन्दोलन चर्कन सक्ने भएकाले कार्यसञ्चालनका लागि अस्थायी कार्यालय मात्र तोक्ने तयारीमा सरकार रहेको छ । हाल उच्च अदालत रहेका ठाउलाई आधार मानी सोहि ठाउँमा अस्थायी कार्यालय खोल्ने लगभग तय भएको छ ।

हाल उच्च अदालत प्रदेश १ मा विराटनगर, प्रदेश नम्बर २ मा जनकपुर, प्रदेश ३ मा पाटन, प्रदेश ४ मा पोखरा, प्रदेश ५ मा दाङको तुलसीपुर, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७मा दिपायल रहेका छन् । 

यसअघि सरकारले सातवटै प्रदेशको कार्यसञ्चालन गर्न काठमाडौंमै अस्थायी कार्यालय तोक्ने गृहकार्य गरेको थियो । यस्तो तयारीप्रति राष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिक दलभित्रैबाट विरोध भएपछि सरकारले हरेक प्रदेशअन्तर्गत उच्च अदालत भएका ठाउँमा अस्थायी कार्यालय तोक्न लागेको हो ।

प्रधानमन्त्री देउवाले सात प्रदेश प्रमुखमध्ये चारवटामा सहमति जुटाइसकेका छन् । तीनवटा प्रदेश प्रमुखका लागि एमाले र माओवादी केन्द्रसँग छलफल गरेर अन्तिम टुंगो लगाउने तयारी उनको छ । यसका लागि मंगलबार बिहान प्रधानमन्त्री देउवाले एमाले र माओवादीसँग अनौपचारिक छलफल गर्दै छन् ।

देउवाले मंगलबार बिहान आन्तरिक छलफल गर्न कांग्रेसका शीर्ष नेताको बैठक पनि बोलाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै