• २०८१ बैशाख १२ बुधबार

चिनियाँ युवालाई ‘सेक्स’ सिकाउने जापानी पोर्न स्टार

kharibot

जब जापानी अभिनेत्री एवं पुर्वपोर्न स्टार सोरा ओईले इन्टरनेटमा आफ्नो विवाहको घोषणा गरिन् तब चीनको सामाजिक सञ्जालमा तरंग आयो । यसको कारण चिनियाँ युवा युवतीहरुबीच सोराले पारेको प्रभाव । नयाँ बर्षको पहिलो दिन सोराले सामाजिक सञ्जालमा आफ्नो इन्गेजमेन्टको तस्विर सार्वजनिक गरिन् , विबोमा तस्बिर सार्वजनिक भएको केहि घन्टामै उनको तस्बिरमा लाखे कमेन्ट र लाइक्स आउन थाले ।

सन् २००० को दशकको सुरुवाती समयमा सोराले पार्नमा आफ्नो करियर सुरु गरेकी थिइन् । सारोले वयस्कहरुका लागि बनाइएको ९० भन्दा बढी फिल्ममा काम गरिन् । २००३ देखि २००५ सम्म सोराका फिल्म हरेक महिना जस्तो रिलिज हुने गर्दथे ।

चीनमा पोर्न फिल्म प्रतिबन्ध छ यद्यपी चिनियाँ युवाहरुले सोराका फिल्म हेर्ने गर्दथे । नाम परिवर्तन गरेका एक चिनियाँ युवाले बिबिसीसँग भने –‘चिनियाँ युवाहरुलाई यौन शिक्षाको अभाव छ तर सारोले फिल्म बनाएर लाखौ चिनियाँ युवाहरुको यौन टिचर बनिन् ।’

चीनमा इन्टरनेटको विकास र सोरा ओईको लोकप्रियता सँगसँगै अगाडी बढ्यो । विभिन्न वेभ साइट, अनलाइन कम्युनिटीहरुमा एक पछि अर्को गर्दै सोराको प्रतिबन्धित सामग्रीले ठाउ पायो । सरकारले प्रतिबन्ध लगाएपनि इन्टरनेटको लोकप्रियताले चिनियाँ युवाहरु सोराका फिल्म सजिलै हेर्न सक्ने अवस्था भयो र सारोको लोकप्रियता पनि चुलियो ।

हङकङस्थित चाइनिज विश्वविद्यालयका जापानी प्रोफेसर वाइ मिंग एनजी  भन्छन-‘सोरा विल्कुल सहि समयमा चीनमा प्रवेश गरिन्, चीन बाहिरी दुनियासँग विभिन्न क्षेत्रमा ढोका खोल्दै थियो, सोरा सोहि अवधिमा चीनमा लोकप्रिय भइन् ।

चीनमा युवाहरुका लागि सेक्सका बारेमा जानकारी हासिल गर्ने प्रमुख माध्यम नै पोर्न फिल्म बन्यो । स्कुलमा सिमित यौन शिक्षा दिने प्रावधान भएपनि धेरै जसो माता पिता यौन बारे कुरा  गर्न अहिले पनि लजाउछन् ।

एशियाली समाजमा सेक्स अहिले पनि एक गोप्य विषयका रुपमा भएपनि सोरा ओईले पोर्नलाई आफ्नो क्यारियर बनाएर आगाडी आएकाले उनलाई धेरैले सकारात्मक रुपमा लिएको देखियो । उनले आफ्नो कामलाई मनपराउने र कामको माध्यमबाट सबैसँग पुग्न सकेको बताउदै आएकी छन् । सामाजिक सन्जालमा उनीविरुद्ध हुने आक्रमणलाई पनि सारोले सहजताका साथ् जवाद दिने हुनाले पनि उनलाई धेरैले मन पराएका छन् ।

सोरा ओईले सन् २०११ मा पोर्नलाई छोडेर पुरा समय अभिनयमा दिन थालिन् । उनेल म्युजिक भिडियो, फिल्म लगायतमा आफ्नो अभिनयले चीनमा नयाँ फ्यानहरुको संख्या झन् बढाईन् ।

सोराले चीनियाँ संस्कृतिलाई अपनाउन धेरै मिहिनेत गरेको उनका म्यानेजरले बीबीसीलाई बताए । सामाजिक सञ्जालमा उनले चिनियाँ भाषामा आफै सन्देश पोष्ट गर्ने गर्दछिन ।

तर चीनमा यति लोकप्रिय सोरा जापानमा भने त्यति लोकप्रिय मानिदैनन् । सेनकाकु द्विप समुह जसलाई चीनमा दियाओयु द्विप भनिन्छ, जसलाई लिएर जापान र चीनबीच विवाद छ । यसै विषयलाई लिएर चीनमा इन्टरनेटमा एउटा भनाइ चर्चित छ दियाओयु द्विप चीनको हो र सोरा ओई सारा दुनियाँकी ।     

बिबिसी हिन्दीबाट साभार

   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै