अमेरिकी पप गायिका टेलर स्विफ्टले लामो समय देखि चलेको यौन शोषणको मुद्धा जितेकी छन् ।
अदालतले सोमबार उनको मुद्धाको फैसला गर्दै रेडियो डिजे डेविड मुलरले स्विफ्टलाई यौन शोषण गरेको भन्दै सांकेतिक रुपमा एक डलर जरिवाना गरेको छ । अदालतको फैसला पछि स्विफ्टले आफुलाई सपोर्ट गर्ने संघसंस्था र सबै व्यक्तिहरुलाई धन्यवाद दिएकी छन् ।
अदालतमा स्विफ्टका वकिलले स्विफ्टको चाहना डिजे मुलरलाई ठुलो जरिवाना तिराएर बैंक करप्ट बनाउनु नरहेको तर सबक सिकाउनु रहेको बताएका थिए ।
गत विहिबार स्विफ्टले अदालतमा ५५ बर्षिय रेडियो डिजे डेविड मुलरले आफु माथि यौन शोषण गरेको बयान दिएकी थिइन् । २७ बर्षिय पप गायिका स्विफ्टले आदलतलाई सन् २०१३ मा भएको सो घटनाबारे बताउदै डेविडले आफुलाई पेप्सी सेन्टरमा तस्विर खिच्दै गर्दा लामो समयसम्म आफ्नो छातीमा समाइरहेको र आफु उनबाट टाढा जाँदा पनि उनले आफुलाई नछोडेको उल्लेख गरेकी थिइन् ।
आफु माथि भएको यस्तो व्यवहारबाट आफु निकै डराएको उल्लेख गर्दै स्विफ्टले त्यसअघि आफुले त्यस्तो घट्न को समान गर्नु नपरेको बताएकी थिइन् । त्यति बेला डेविड चर्चित रेडियो स्टेशन क्योगोमा होस्टको रुपमा कार्यरत रहेका थिए । स्विफ्टले आफूमाथि भएको व्यवहार बारे रेडियोमा उजुरी गरेपछि उनलाई नोकरीबाट निकालिएको थियो । त्यसपछि स्विफ्ट अदालत गएकी थिइन् ।