• २०८१ बैशाख १२ बुधबार

टेस्ट क्रिकेटमा विराट कोहलीले बनाए २१औ सतक 

kharibot

काठमाडौँ । भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली ५३औँ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

दक्षिण अफ्रिकामा भैरहेको टेस्ट क्रिकेटमा सोमबार सतक प्रहार गर्दै विराटले टेष्ट क्रिकेटमा २१औ सतक प्रहार गरेका हुन् । कोहली अहिले पनि खेलिरहेका छन् ।

एकदिवसीय क्रिकेट खेलमा ३२ शतक हानेका कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ५३ सतक बनाएका छन् । कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा ५० भन्दा बढी शतक बनाउने उनि आठौ खेलाडी हुन् ।

भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय शतक बनाएका छन् भने त्यसपछि धेरै शतक प्रहर गर्ने खेलाडीमा कोहोली रहेका छन् ।

२९ बर्षिय कोहलीलाई सचिनको रेकर्ड तोड्नसक्ने खेलाडीको रुपमा हेरिएको छ । उनले अहिलेसम्म ६५औ टेष्ट क्रिकेट खेलिरहेका छन् भने उनले अहिलेसम्म २०२ एकदिवसीय क्रिकेट खेलिसकेका छन् ।

हालै बलिवुड अभिनेत्री अनुष्का शर्मासँग विवाह गरेका कोहलीको विवाह पछिको भने यो पहिलो सतक हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै