• २०८१ बैशाख १४ शुक्रबार

वरिष्ठ फिल्मकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने

kharibot

काठमाडौँ । वरिष्ठ फिल्मकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । 

नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४औँ बार्षिक साधारणसभाबाट पौड्यालको प्रतिमा निर्माणको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको हो ।
 
उद्धव एनएफडिसीका पूर्व अध्यक्ष समेत हुन् । नेपाली चलचित्र निर्माण, प्रदर्शन र वितरणसंगै संचार क्षेत्रमा पौड्यालको संलग्नता छ । एनएफडिसीको परिसरमा पौड्यालको प्रतिमा निर्माण हुनेछ । नेपाल सरकार मातहतको नेपाल चलचित्र विकास बोर्ड स्थापनामा पौड्यालको महत्वपुर्ण भुमिका रहेको छ । 
 
यस्तै, एनएफडिसीले आफ्ना व्यवसायिक रणनिती परिमार्जित पनि गरेको छ । अध्यक्ष उज्वल पौडेलका अनुसार, हाल एनएफडिसीमा चलचित्र छायांकनका लागि ठूलो स्टुडियो, ग्राफिस र भिएफेक्सका लागि छुट्टै स्टुडियो निर्माण गरिएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै