• २०८१ बैशाख ७ शुक्रबार

पेरूको भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का

kharibot

लिमा, पेरू । पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् । 

भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने दुई जनाको मृत्यु भएको छ भने १७ जना भूकम्पपछि सम्पर्कमा नआएको पेरुका स्वास्थ्यमन्त्रीले बताएका छन् । 

आइतबार पेरुमा ७.२ म्याग्निच्युडकोे भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको थियो । भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ । 

भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै