• २०८१ बैशाख ८ शनिबार

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको विजयी यात्रा लिभरपुलले रोक्यो  

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यान्चेस्टर सिटीको विजयी यात्रालाई रोकेको छ । 

गएराती भएको अत्यन्त प्रतिष्पर्धात्मक खेलमा लिभरपुलले म्यन्चेटर सिटीलाई ४-३ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा म्यन्चेटर सिटीको प्रिमियर लिगमा २२ खेलमा रहेको अपराजित यात्रा टुंगिएको छ । यस सिजनमा सिटीको यो पहिलो हार हो ।

हालै आफ्ना मिडफिल्डर फिलिप कोन्टिन्होलाई बेचेको लिभरपुलले खेलको ९औ मिनेटमा नै  चाम्बर्लिनको गोलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ४०औ मिनेटमा म्यान्चेस्टर सिटीका लिरोये सानेले गोल गर्दै खेल १-१ गोलको बराबरीमा पुगेको थियो ।

खेलको दोस्रो हाफमा लिभरपुलले खेलमा फर्किदै ५९औ मिनेटमा रोबर्ट फिरमिनो र ६१औ मिनेटमा साडियो मानेले गोल गर्दै खेल ३-१ को स्थितिमा पुर्याएका थिए ।
त्यसपछि खेलको ६८औ मिनेटमा लिभरपुलका मोहमद सलाहले गोल अग्र्दैल लिभरपुललाई ४-१ ले अगाडी ल्याएका थिए ।

खेल लगभग हारिसकेको अवस्थामा ८४औ मिनेटमा सिटीका बेर्नार्ड़ो सिल्भाले गोल अग्र्डिया खेलमा फर्किने प्रयास गरेको सिटीले इन्जुरी समयमा तेस्रो गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो तर समय सकियो र खेल लिभरपुलले ४-३ ले जित्यो ।

जितसँगै लिभरपुल २३ खेलमा ४७ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ भने सिटी २३ खेलमा ६२ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै