ला लिगामा बार्सिलोनाको विजयी यात्रा कायमै, मेसीले बनाए नयाँ रेकर्ड 

खरीबोट

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आफ्नो विजयी यात्रालाई कायम राखेको छ । गएराती भएको खेलमा बार्सिलोनाले रियल सोसीयडाडलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा २-० ले पछि परेको बार्सिलोनाले खेलमा कमब्याक गर्दै खेलमा जित हासिल गरेको थियो ।

सोसीयडाडका लागि विलियन जोसेले खेलको ११औ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता लिएका थिए भने ३४औ मिनेटमा जुआनमीले गोल गर्दै बार्सिलोनामाथि २-० को अग्रता लिएका थिए ।

तर खेलको ३९औ मिनेटमा पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । बार्सिलोनाका लागि दोस्रो र तेस्रो गोल लुइस स्वरेजले खेलको ५०औ र ७१औ मिनेटमा गरेका थिए भने चौथो गोल लिओनेल मेसीले ८५औ मिनेटमा फ्री किक मार्फत गरेका थिए ।

जितसँगै बार्सिलोना १९ खेलमा ५१ अंक सहित लिगको शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिड भन्दा ९ अंकले अगाडी छ भने १८ खेल खेलेको रियल म्याड्रिड भन्दा १९ अंकले अगाडी रहेको छ ।

मेसीको नयाँ रेकर्ड :

खेलको ८५औ मिनेटमा बार्सिलोनाका लागि चौथो गोल गरेका मेसीले नयाँ रेकर्ड बनाएका छन् । मेसी युरोपका लिगमा एकै क्लबका लागि धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेसीले ला लिगामा ३६६ गोल गर्दै यस अघि बायर्न म्युनिखका जेर्ड मुलरको ३६५ गोलको रेकर्डलाई तोडेका हुन् । मुलरले सन् १९६४ देखि १९७९ सम्म १५ बर्ष बायर्नमा खेल्दै ४२७ खेलमा ३६५ गोल गर्दै सो रेकर्ड बनाएका थिए ।

सम्बन्धित समाचार

रियलले गर्यो इन्टर मिलानविरुद्ध फिफामा उजुरी, मोड्रीचसँग गैरकानुनी तवरले सम्पर्क गरेको आरोप 

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना मिडफिल्डर लुका मोड्रीचलाई इटालियन क्लब इन्टर मिलानले गैरकानुनी तवरले सम्पर्क गरिरहेको विषयमा फिफामा उजुरी गरेको छ। रियलले क्रोसियन प्लेमेकर मोड्रीचलाई इटाली लैजान खोजेको भन्दै

रियल म्याड्रिडलाई हराउदै एथलेटिकोले जित्यो युइएफए सुपरकपको उपाधि

काठमाडौँ।  एथलेटिम्याड्रिडले रियल म्याड्रिड पराजित गर्दै यूएफए सुपरकपको उपाधि जितेको छ । च्याम्पियन्स लिग विजेता र युरोपियन कप विजेता टिमबीच खेलिने यस सुपरकपमा एथलेटिकोले अतिरिक्त समयसम्म खेलिएको खेलमा रियललाई ४-२

नेपालसहित ८ देशमा ला लिगाका खेल प्रत्यक्ष प्रशारण फेसबुकमा मात्र हुने  

काठमाडौं । स्पेनिस ला लिगाको यस सिजनसहित आगामी तीन सिजनका खेल नेपाली दर्शकले टेलिभिजनमा हेर्न नपाउने भएका छन्। टेलिभिजनमा नभई अब ला लिगाका खेल फेसबुकमा हेर्न पाइने भएको हो।    फेसबुकले

रियल म्याड्रिडका फ्यानले भने रोनाल्डोको ठाउमा ह्यारी केनलाई ल्याउ !

काठमाडौँ  । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछि रियलका फ्यानले रोनाल्डोको ठाउमा विश्वकपमा गोल्डेन बुट विजेता ह्यारी केनलाई ल्याउनु पर्ने धारणा व्यक्त गरेका छन्।   स्पेनिस मिडिया मार्काले गरेको एक सर्वेक्षणमा रियलका