• २०८१ बैशाख ७ शुक्रबार

संघीय संरचनामा आयुवर्दे र वैकल्पिक चिकित्सा समेट्नु पर्ने भन्दै ज्ञापनपत्र

kharibot

फाइल फोटो ।

काठमाडौँ । सङ्घीय संरचनामा स्वास्थ्य मन्त्रालयले तयार पारेको खाकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई समेट्न नसकेको भन्दै सरकारी आयुर्वेद चिकित्सक संघ नेपालले ज्ञापनपत्र बुझाएको छ । 

संघले आज स्वास्थ्य सचिव डा पुष्पा चौधरी र उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई संयुक्तरुपमा ज्ञापनपत्र र संशोधित संरचनाको खाका बुझाएको हो । 

संघका अध्यक्ष डा शकर गौतमले संघले बुझाएको संरचनामा राष्ट्रिय औषधिजन्य वनस्पति बोर्ड, प्रदेशमा विभाग, महाशाखालगायतका कुरा थप गरिएको खाका बुझाएको जानकारी दिए । 

ज्ञापनपत्र बुझेपछि समितिका अध्यक्ष काशीराज दाहालले वनस्पति बोर्डका बारेमा सम्बन्धित सबैसँग छलफल गरी त्यसको खाका तयार पार्ने बताए । संघले संविधानमा उल्लेख भएका कुरा पुरा गर्न नयाँ संरचनामा संशोधन गर्न समेत माग गरेको छ । 

मन्त्रालयले तयार पारेको प्रस्तावित संचरनाको खाकामा आयुर्वेदका स्वायत्त निकायहरू राष्ट्रिय आयुर्वेद अनुसन्धान परिषद्, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान र आयुर्वेद चिकित्सा परिषद् सहितआयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको पनि केन्द्रदेखि गाउँपालिकासम्म रहने विभाग, महाशाखा, शाखालगायतका कार्यालयको प्रस्ताव गरिएको छ । जसअनुसार केन्द्र अर्थात संघमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विभाग, चार स्वायत्त निकायसहित रेफरल अस्पताल रहने उल्लेख गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै