संघीय संरचनामा आयुवर्दे र वैकल्पिक चिकित्सा समेट्नु पर्ने भन्दै ज्ञापनपत्र

खरीबोट

फाइल फोटो ।

काठमाडौँ । सङ्घीय संरचनामा स्वास्थ्य मन्त्रालयले तयार पारेको खाकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई समेट्न नसकेको भन्दै सरकारी आयुर्वेद चिकित्सक संघ नेपालले ज्ञापनपत्र बुझाएको छ । 

संघले आज स्वास्थ्य सचिव डा पुष्पा चौधरी र उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई संयुक्तरुपमा ज्ञापनपत्र र संशोधित संरचनाको खाका बुझाएको हो । 

संघका अध्यक्ष डा शकर गौतमले संघले बुझाएको संरचनामा राष्ट्रिय औषधिजन्य वनस्पति बोर्ड, प्रदेशमा विभाग, महाशाखालगायतका कुरा थप गरिएको खाका बुझाएको जानकारी दिए । 

ज्ञापनपत्र बुझेपछि समितिका अध्यक्ष काशीराज दाहालले वनस्पति बोर्डका बारेमा सम्बन्धित सबैसँग छलफल गरी त्यसको खाका तयार पार्ने बताए । संघले संविधानमा उल्लेख भएका कुरा पुरा गर्न नयाँ संरचनामा संशोधन गर्न समेत माग गरेको छ । 

मन्त्रालयले तयार पारेको प्रस्तावित संचरनाको खाकामा आयुर्वेदका स्वायत्त निकायहरू राष्ट्रिय आयुर्वेद अनुसन्धान परिषद्, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान र आयुर्वेद चिकित्सा परिषद् सहितआयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको पनि केन्द्रदेखि गाउँपालिकासम्म रहने विभाग, महाशाखा, शाखालगायतका कार्यालयको प्रस्ताव गरिएको छ । जसअनुसार केन्द्र अर्थात संघमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विभाग, चार स्वायत्त निकायसहित रेफरल अस्पताल रहने उल्लेख गरिएको छ । 

सम्बन्धित समाचार

डा. केसीको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री शाही जुम्लामा

सुर्खेत / बीसदिनदेखि अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली आज जुम्ला पुगेको छ ।  संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका

नयाँ सांगठनिक संरचनाअनुसार स्वास्थ्यका कर्मचारीलाई जिम्मेवारी, कँहा कसले पाए जिम्मेवारी ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसारको नयाँ संगठन संरचनाअनुसार मन्त्रालय र माताहतका कार्यालयका प्रमुखहरुको जिम्मेवारी तोकेको छ । ती कर्मचारीलाई मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्रदेशमा जिम्मेवारी दिइएको हो

असोजसम्म जिल्ला जनस्वास्थ्य कार्यालय यथावत् रहने, अस्पताल विकास समिति खारेज 

काठमाडौँ । सरकारले आजदेखि खारेजीमा पर्ने भनिएका जिल्ला जनस्वास्थ्य कार्यालयलाई आगामी असोज मसान्तसम्म यथावत् राख्ने भएको छ ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले तीन महिनापछि प्रदेशमा ती कार्यालयहरुको व्यवस्थापन

काँग्रेस सभापति देउवाद्वारा डा. केसीको स्वास्थ्य बारे प्रधानमन्त्री ओलीको ध्यानकार्षण 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य स्थितिका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर ध्यानाकर्षण गरेका छन् ।   मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले डा. केसीसँग