• २०८१ बैशाख ४ मंगलबार

निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा उम्मेदवारको खर्चको सीमा

kharibot

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारका लागि खर्चको अधिकतम सीमा तोकेको छ । 

निर्वाचन आयोगले राष्ट्रियसभा उम्मेदवारका लागि ३ लाख ५० हजारसम्मको अधिकतम खर्चको सीमा तोकेको छ ।   राष्ट्रियसभाका उम्मेदवारले विभिन्न १० शीर्षकमा गरी ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिद शीर्षकमा १ हजार, सवारी साधनमा ७० हजार, इन्धन शीर्षकमा १० हजार खर्च गर्न सक्नेछन् ।  त्यस्तै घोडा प्रयोग गरेमा घोडाको दानासमेत यसैमा समेटिने निर्वाचन आयोगले जानकारी दिएको छ । 

त्यस्तै प्रचारप्रसार सामग्री १४ हजार ५ सय, ढुवानीमा १० हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि १ लाख, छापा तथा विद्युतीय माध्यममा प्रचारप्रसारका लागि १४ हजार ५ सय खर्च गर्न पाउनेछन् । 

त्यस्तै कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन र विविध शीर्षकमा ३०-३० हजार खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै