गुप्तचर निकाय ‘रअ’मा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ 

खरीबोट

काठमाडौँ । भारतको बाह्य गुप्तचर निकाय ‘रअ’मा जागिर लगाइदिने भन्दै झण्डै ६० जना युवाहरुसँग ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सप्तरीका रमाकान्त  नौनिया भनिने रमाकान्त चौहानलाई काठमाडौंबाट पक्राउ गरेको हो। नौनियाले विनोद कार्की, पदम श्रेष्ठ, सन्तोष कार्की तथागिता महर्जनको समेत सहयोगमा करिब ६० जना सँग ३ देखि ५ लाखसम्म रकम असुलेको प्रहरीले जानकारी दिएको छ । 

भारतीय दुतावासको लेटरहेड प्रयोग गरी नियुक्ती पत्र दिइएको पीडित युवाहरुले बताएका छन् । भारतीय दुतावासको लेटरहेड सक्कली हो कि नक्कली भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नौनियाले मासिक ५० हजार भारु तलव हुने र चार महिनाको तलव आफूलाई दिनुपर्ने भन्दै युवाहरुलाई झुक्याएर लाखौं रकम असुलेका थिए।

सम्बन्धित समाचार

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ 

नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर

घुस लिएको आरोपमा गुठी कर्मचारी पक्राउ

बर्दिवास । महोत्तरीको जलेश्वरस्थित गुठी संस्थानका एक कर्मचारी आज ३५ हजार घुस लिएको आरोपमा थलोमै पक्राउ परेका छन् ।  असुली सहायक जयकुमार राउत शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले

महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

गौशाला / महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।  हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन्

फरार चोर पशुपति रिमाल पक्राउ

भक्तपुर / विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।  गत जेठ १५ गते राति मध्यपुर