• २०८१ बैशाख ५ बुधबार

बालयौन दुराचारी जर्मन नागरिक पक्राउ 

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल आई बालकहरुलाई यौन दुराचारमा लगाएको भन्दै एक जर्मन नागरिकलाई पक्राउ गरेको छ । सीआईबीले शनिबार हान्स जर्गेन गुस्ताभ डाहम नाम गरेका जर्मनलाई भोटेबहालबाट पक्राउ गरेको हो । 

हान्सले नेपाली नाबालकहरुलाई प्रलोभनमा पारी यौनिक दुराचारमा लगाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी पक्राउ परेको ठाउँबाट दुई नेपाली बालकको उद्धार समेत गरिएको छ । उनी सी८डब्ल्यूभी४२२९डब्ल्यू नम्बरको राहदानीमा नेपाल आएका थिए । ६३ वर्षीय जर्मनको स्थायी ठेगाना सोफिया स्ट्रिट २४, जर्मनी हो । 

उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको छ । बाल यौन दुराचारमा संलग्नता प्रमाणित भए १३ वर्ष कैद र पीडितलाई मनासिब क्षतिपूर्तिको व्यवस्था कानुनमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै