• २०८१ बैशाख ८ शनिबार

रोनाल्डोलाई दिएर नेइमार भित्राउने दाउमा रियल म्याड्रिड, लगातारको हारपछि बढ्यो दबाब 

kharibot

            काठमाडौँ । यसै सिजनमा बार्सिलोनाबाट रेकर्ड रकममा पिएसजी गएका ब्राजिलियन प्लेमेकर नेइमार रियल म्याड्रिड जाने चर्चा फेरी जोडतोडले चल्न थालेको छ ।  

गएराती रियल म्याड्रिडले भिल्ला रियलसँग हार बेहोरेपछि स्पेनिस मिडियाले नेइमार रियल जाने चर्चा सुरु भएको छ ।

स्पेनको एउटा रेडियो शोमा रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई रियल भित्राउन तिर्ने ठुलो रकमको सट्टामा रोनाल्डोलाई दिने प्रस्ताव गरेको बताइएको छ । तर यसका लागि रियलले विश्वकप फुटबलसम्म पर्खिनु पर्ने भएको उल्लेख गरिएको छ । 

रोनाल्डोले पनि पछिल्लो पटक फिफा बर्ष खेलाडी र बेलुन डो अर जितेपछि आफ्नो पारिश्रमिक बढाउन दबाब दिएको रिपोर्ट आएको थियो । २०२१ सम्म रियलमा सम्झौता गरेका रोनाल्डोले यसअघि नै त्यो सम्झौता नविकरण नगर्ने बताइसकेका छन् । 

यसअघि बार्सिलोनाबाट १९८ मिलियन पाउण्डको रेकर्ड रकम तिरेर नेइमारलाई लगेको पिएसजीले रियललाई सो रेकर्ड तोड्दै ३५७ मिलियन पाउण्डमा बेच्न सक्ने बताइएको थियो स्पेनिस मिडिया मार्काले केहि दिन अघिको अंकको पहिलो पृष्ठमा नै यस सम्बन्धि समाचार प्रकाशित गर्दै नेइमारए आफ्नै रेकर्ड तोड्दै रियल म्याड्रिड जाने दाबि गरेको थियो ।

बार्सिलोनाको प्रतिद्वन्दी क्लब भएपनि नेइमारले रियलबाट खेल्न इच्छुक भएको संकेत रियल म्याड्रिडका अध्यक्षलाई दिएको मार्काले दाबि गरेको थियो ।

हाल बार्सिलोनासँग १६ अंकले ला लिगामा पछाडी रहेकाले खेलाडी ट्रान्सफर बजारमा रियल म्याड्रिडको दबदबा कायम राख्न रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई उच्च प्राथमिकतामा राखेको मार्काले दाबि गरेको थियो ।

रियलले टोटनह्यामाका ह्यारी केन, चेल्सीका इडेन हजार्डलाई निशाना बनाएको भएपनि नेइमार नै उच्च प्राथमिकतामा रहेपनि हजार्ड भने चेल्सीमै बस्न सक्ने रिपोर्ट आएको छ । 

मार्काका अनुसार नेइमारलाई रियलले लैजाने विषय ठुलो भएकाले रियलले नेइमारसँग मात्र भन्दा पिएसजीसँगको छलफलबाट मात्र टुंगिने र यो २०१९ सम्म मात्र सम्भव हुनसक्ने उल्लेख गरेको छ ।

यसै सिजन पिएसजी गएका नेइमारले पिएसजीका लागि १४ खेलमा ११ गोल गरिसकेका छन् । बार्सिलोनामा नेइमारले १२३ खेल खेल्दै ६८ गोल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै