शान्ति वार्तामा सहभागी थिएनौँ – तालिबान

खरीबोट

काबुल । आफगानिस्तानको तालिबान लडाकू समूहले हालै टर्कीमा भएको भनिएको एक शान्ति वार्तामा आफूहरु सहभागी भएको भन्ने समाचारको खण्डन गरेको छ । 

टर्कीमा भएको वार्तामा आफूहरु सहभागी नभएको तालिवान श्रोतले आईतबार जानकारी दिएको हो । 

तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिन्डले आइतबार जारी गरेको अनलाईन वक्तव्यमा भनेका छन्  ‘टर्कीमा भएको भनिएको वार्तामा हामी सहभागी भएको भनेर आएको समाचार अधारहीन हो ।’

हामीले न कुनै प्रतिनिधि पठाएको छौं, न कुनै प्रतिनिधि इस्लामिक ईमिरेट्सका तर्फबाट सहभागी भएका छन्– सो वक्तव्यमा भनिएको छ । आफूहरुलाई कमजोर पार्नका लागि गलत प्रचार गरिएको हुनसक्ने निष्कर्ष तालिबानले निकालेको पनि सो विज्ञिप्तिमा जनाइएको छ । 

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुले इस्तानबुलमा भएको वार्तामा तालिवान लडाकूहरु सहभागी भएको समाचार आईतबार प्रकाशित गरेका थिए । 

सम्बन्धित समाचार

शान्ति वार्तामा सहभागी थिएनौँ – तालिबान

काबुल । आफगानिस्तानको तालिबान लडाकू समूहले हालै टर्कीमा भएको भनिएको एक शान्ति वार्तामा आफूहरु सहभागी भएको भन्ने समाचारको खण्डन गरेको छ ।  टर्कीमा भएको वार्तामा आफूहरु सहभागी नभएको तालिवान श्रोतले आईतबार

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

कान्दाहार ,अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ ।  शुक्रबार बिहान

अफगानिस्तानमा २४ घण्टामा २९ तालिबान लडाकु मारिए

काबुल (रासस/सिन्ह्वा) / अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकू मारिएको बताइएको छ । अफगानिस्तानका विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान

अफगानिस्तानमा कमाण्डरसहित १२ जना तालिबान लडाकु मारिए

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एक जना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् । “सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल