महानगरको धूलो सोहोर्ने ‘ब्रूमर’ अझै तीन महिना नआउने 

खरीबोट
ad

काठमाडौं । देशकै पहिलो महानगरलाई धूलोमुक्त पार्ने भनी महानगरले केही समयअघि चर्को हल्ला गरेर केही स्थानका चिल्ला सडक धुन थाल्दा साँच्चै अब उपत्यकाका सडक सफा हुने भयो भनेर मानिसहरु ढुक्क थिए । तर महानगरले लामो समयदेखि ल्याउने भनेर हल्ला गरेको सडकको धूलो सोहोर्ने ब्रुमर मेसिन आउन अझै तीन महिना लाग्ने भएको छ । 

धेरै पहिलेदेखि ल्याउने भनिएको धूलो सफा गर्ने ब्रुमर र ढल सफा गने जेट मेसिन आउन अझै जेठसम्म कुर्नुपर्ने काठमाडौँ महानगरका सहप्रवक्ता नमराज ढकालले खरीबोटलाई जानकारी दिए । उनले ब्रुमर र जेट मेसिन आएपछि आगामी जेठबाट महानगरको धूलो नियन्त्रण आउने दाबी गरेका हुन् ।   

महानगरले केही अघि पानीले पखाल्ने र धूलो उठाउने काम गरेको बताउँदै उनले मुख्य मुख्य ठाउँमा धूलो निकै कमी आएको उनको भनाइ थियो । उनले निजी क्षेत्रबाट पनि धूलो नियन्त्रणको लागि सहयोग भएको जानकारी दिए । 

काठमाडौँ महानगरको सफाइको लागि  पाँचवटा ब्रुमर र पाँचवटा जेट मेसिन महानगरले ल्याउनलागेको हो । जसमा जेट मेसिन तीन करोड ५० लाख र ब्रुमर मेसिन नौ करोडमा ल्याउन लागिएको ढकालले जानकारी दिए ।

उक्त कार्यका लागि सम्झौता हुनलागेको उनले बताए । त्यसको लागि दुई पटकसम्मको टेण्डर रद्द भएपछि तेस्रो पटक टेण्डर आह्वान गरिएको समेत ढकालले जानकारी दिए । त्यस्तै धूलो नियन्त्रणको लागि सडक तथा सडकपेटीहरु राम्रो हुनुपर्ने उनको भनाइ छ । 

मेलम्ची खानेपानी आयोजनाको पाइप पूरै नबिछ्याइसकेका कारण महानगरभित्रका धेरै ठाउँमा अझै पनि पिच भत्काउने र पाइप गाड्ने काम जारी छ । सोही कारण पनि सडक धूलाम्य हुँदा पैदलयात्रुको स्वास्थ्यमा धूलोले प्रतिकूल असर पारिरहेको छ । 

सम्बन्धित समाचार

 धरान उप–महानगरपालिकाका मेयर सुब्बाको निधन 

सुनसरी । धरान उप–महानगरपालिकाका मेयर तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तारा सुब्बाको निधन भएको छ ।  मृगौलाको रोगबाट पीडित सुब्बाको उपचारको क्रममा मंगलबार दिउँसो काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।  ५२

भरतपुर महानगरले तीनपाङ्ग्रे सञ्चालनमा रोक

चितवन / भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।  यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा

हरिभवन भत्काउन र रानीपोखरी बनाउन सँगै बोलपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।  हरिभवन भत्काउन र रानीपोखरी पुनःनिर्माणका लागि सँगै बोलपत्र आह्वान गरिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी

काठमाडौँ महानगरको फोहोर संकलन सुरु, मंगलबारसम्ममा सबै फोहोर उठ्ने 

काठमाडौँ । काठमाडौँ महानगरले केहि दिनदेखि अवरुद्ध फोहोर संकलन सोमबारदेखि उठाउन सुरु गरेको छ । सिस्डोलस्थित ल्याण्डफिल्ड साइटको बाटो वर्षाको कारण भत्किएपछि फोहोर संकलन अवरुद्ध भएको थियो । हाल सो सडक