• २०८१ बैशाख ११ मंगलबार

कटरीना—माधुरीपछि म्याडम तुसादमा काजोलको स्ट्याचू !

kharibot

बलिउड । संसारभरमा लण्डनस्थित म्याडम तुसाद मोमको मोमका लागि एक प्रसिद्ध म्युजियम हो ।

म्युजियममा नरेन्द्र मोदी, सचिन तेन्दुलकर, ऐश्वर्या राय बच्चन र शाहरुख खानजस्ता व्यक्तिहरुको मोमको प्रतिविम्ब अर्थात् मूर्ति रहेका छन् । अब यो सूचीमा काजोलको नाम पनि जोडिएको छ । पद्मश्रीबाट सम्मानित काजोल पनि त्यो सूचीमा पर्ने भएकी छिन् । 

यसको तयारी केही महिनादेखि नै भइरहेको थियो । तर, यसको घोषणा यो वर्ष काजोलको फोटोसँगै घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । म्यूजियमका सदस्यहरुले पहिलेदेखि नै काजोलको लुकको नाप लिइसकेका छन् । 

आफ्नो फिल्मी करियरमा काजोलले विभिन्न किसीमका फिल्महरु खेलेकी छन् र उनको नाममा कैयौं अवार्डहरु पनि रहेका छन् । योसँगै उनी बच्चा र महिलाहरुसँग सम्बन्धित सामाजिक कार्यमा पनि संलग्न छिन् । 

यसअघि मुम्बईमा आयोजना गरिएको एक कार्यक्रमको दौरान काजोलले ‘स्वच्छ आदत स्वच्छ भारत’की ब्रान्ड एम्बेस्डर हुँदा मानिसहरुलाई सम्बोधन गर्दै भनेकी थिइन्,  ‘म तपाईहरुलाई स्वच्छता दूत  बन्न र राम्रो कलको निर्माणमा योगदान दिन आग्रह गर्छ ।’ अजय देवगनले काजोलको यो उपलब्धिमा खुसियाली व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै