हेटौँडा सिमेन्टले बढायो मूल्य, कति भयो नयाँ मुल्य ?

खरीबोट
ad

हेटौंडा ।  सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । 

उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा रु ७९५ मा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ । 
प्रतिबोरा रु १० कमिशन दिँदै आएकामा अब रु १५ पुर्याएको छ । मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा रु ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले रु ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ । रु ९४० मा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् । 

शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए । 

सम्बन्धित समाचार

मारुती सिमेन्टको ‘विश्वासको एक दशक’ कार्यक्रम सम्पन्न

काठमाडौँ । मारुती सिमेन्टले देशभरका विक्रेताहरुलाई समावेश गर्दै एक भव्य डिलर मिट कार्यक्रमको आयोजना गरेको छ । ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा ४५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

काठमाडौँ /  दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको

शिवम सिमेन्टद्वारा फिफा विश्वकपको भविष्यवाणी कार्यक्रम संचालन

काठमाडौं । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएको छ । हरेक खेलमा

१३२ केभी डबल सर्किटबाट उद्योगमा विद्युत् दिने प्राधिकरणको तयारी, होङसी सिमेन्टलाई विद्युत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मुलुकभर सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा एक सय ३२ केभी डबल सर्किटबाट विद्युत उपलब्ध गराउने भएको छ । हाल ३३ केभी प्रसारण लाइनबाट मात्रै विद्युत आपूर्ति