• २०८१ बैशाख ७ शुक्रबार

सेयरबजारमा आइतबार दुई समूहले कमाए, सात समूहले गुमाए

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुुवै उच्च अंकले घटेका छन् ।

आज नौ वटा समूहको कारोबार भएकोमा दुुई वटा समूहले कमाउँदा सात वटा समूहले गुुमाएका छन् । नेप्से नौ दशमलव १९ अंकले घटेर १४ सय ३१ दशमलव १० विन्दुमा झरेको छ ।  यसैगरी सेन्सिटिभ पनि एक दशमलव ४८ अंकले घटेर तीन सय दुुई दशमलव २० विन्दुमा झरेको छ । कुुल एक सय ५२  कम्पनीहरुको चार हजार २२ वटा कारोबारमा छ लाख ७० हजार छ सय ४५ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुँदा कारोबार रकम ३२ करोड ८३ लाख ३२ हजार आठ सय १६ रुपैयाँ पुुगेको छ । 

आज जलबिद्युुत समूहको सूचक ५५ दशमलव ३७ अंकले बढेर १९ सय ७६ दशमलव ४८ विन्दुमा चढ्दा चार करोड ३५ लाख २६ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । अन्य समूहको सूचक पनि तीन दशमलव ६६ अंंकले बढेर सात सय ८६ दशमलव ७३ अंकमा पुुग्दा एक एक करोड ३७ लाख ९४ हजार तीन सय रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा उच्च अंकले घटेको बीमा समूहको सूचक ९७ दशमलव ७९ अंकले घटेर सात हजार तीन सय ५९ दशमलव ८४ बिन्दुमा झरेकोमा छ करोड दुुई लाख ८४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि आठ दशमलव आठ अंकले घटेर १२ सय ३६ दशमलव १५ विन्दुमा झरेकोमा ११ करोड ८८ लाख ५५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । विकास बैंक समूहको सूचक पनि २० दशमलव ७९ अंकले घटेर १५ सय ९४ दशमलव तीन विन्दुमा झरेकोमा एक करोड ४० लाख ७८ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यीबाहेक आज फाइनान्स, होटल, उत्पादनमूलक र लघुवित्त समूहको कारोबार सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको चिलिमे हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ९५ पैसाले बढेर नौ सय ५४ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुुचीमा परेको सेन्ट्रल फाईनान्सको सेयर मुल्य छ रुपैयाँ २९ पैसाले घटेर एक सय ३४ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको फरवार्ड कम्युनिटी माईक्रो फाईनान्सको तीन हजार तीन सय ८१ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ९३ लाख ८५ हजार नौ सय ९५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि १७ सय ८६ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ५२ लाख ४० हजार नौ सय ९५ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै