• २०८१ बैशाख ७ शुक्रबार

यातायातमन्त्री र सेनाका अधिकारीले गरे तराई—काठमाडौं द्रुतमार्ग निर्माणको अवलोकन 

kharibot

बारा । काठमाडौंलाई तराईसँग जोड्ने एक महत्त्वपूर्ण मार्गका रुपमा रहेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम नेपाली सेनाले तीव्र पारेको छ । सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएसँगै दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्यले गति लिनथालेको छ । 

सेनाले निर्माण सुरु गरेको द्रुतमार्गको स्थलगत निरीक्षण गर्न यतिबेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, नेपाली सेनाका उपरथी योगेन्द्र बहादुर खाण लगायतका टोली निजगढ आएको छ । स्थलगत अवलोकनपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले भने काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको स्थलगत अवलोकनपछि प्रगति देखिएको बताएका छन् । उनले देशलाई धेरै ठूलो चुनैतीपूर्ण  भए पनि उपलब्धिमूलक रहेको यातायातमन्त्री बलायरको भनाइ छ । 

उनले यस आयोजनालाई समय अवधिभित्रै सम्पन्न गर्न सबै गम्भीर रहनुपर्ने आवश्यकता भएको बताए । उनले बाराको निजगढबाट काठमाडौं जोडने यस दु्रतमार्गको कामलाई नेपाली सेनामात्र पूर्ण नरहेको बताउँदै महत्वपूर्ण आयोजनामा अन्तरिक तथा बाह्य प्रविधिक, स्थानीय जनता, नेपाल सरकार र देशकौ सहयोग आवश्यक रहेको टिप्पणी गरे । यसका लागि छिटै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने उनको भनाइ छ । 

बहुप्रतीक्षित काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को सबै प्रक्रिया पूरा नभए पनि अहिले काम थालिहाल्न समस्या नरहेको र डीपीआरका लागि सेनाले डिजाइन गरिरहेको साथै त्यही डिजाइनअनुसार निर्माणकार्य सुरु भइसकेको नेपाली सेनाका उपरथी योगेन्द्र बहादुर खाणले बताए । 

उनले राष्ट्रिय गौरवका योजनाअन्तर्गत पर्ने यो योजनालाई गुणस्तरीय तरिकाले चार वर्षभित्र सम्पन्न हुने गरी कार्ययोजना बनाएर काम अगाडि बढाएको समेत बताए । उनले खोलिएका सडकका ट्रयाकहरुलाई सफा गर्ने, सम्याउने र मोडहरु मिलाउने काम करिब अन्तिम चरणमा पुगेको बताउँदै उपरथी खाणले इन्जिनिरले गरेको डिजाइनअनुसार दु्रतमार्गको कामलाई अगाडि बढाउन शिविर ब्यवस्थापनका साथै ईन्जिनियरीङ्ग डिजाईनका कामपनि भैरहेको जानकारी दिएका छन् । 

चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक तयार पार्ने सरकारी योजना छ । ७६ दशमलव दुई किलोमिटरको द्रुतमार्ग पहाडी क्षेत्रमा २३ र तराईमा २५ मिटर चौडाइको हुनेछ साथै उक्त मार्गमा ९९ सय वटा पुल निर्माण गरिने छ । ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली, इपागढी, छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्वपश्चिम राजमार्गमा द्रुतमार्ग जोडिने छ । 

यस अघि ट्रयाक खोल्ने काम पनि सेनाले गरेको थियो । आवश्यक दक्ष जनशक्ति बाहिरबाट पनि ल्याएर काम गरिने सेनाले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै