• २०८१ बैशाख ४ मंगलबार

नगदको सट्टा कार्डमार्फत कारोबार गरे १० प्रतिशतसम्म पैसा फिर्ता हुने

kharibot

काठमाडौं । कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकहरुले भिसाको कार्डमार्फत रकम भुक्तानी गर्दा पैसा फिर्ता दिने भएका छन् ।

बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेबिट वाक्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका हुन् । 

कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको हो । नेपाली समाजमा नगदविना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेषप्रकारको योजना सार्वजनिक गरिएको हो । 

कार्डवाहक जसले वस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दछन् । उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुन न्यूनतम रु. ५०० सम्मको कारोबार ग्राहकहरुले गर्नुपर्नेछ । 

योजनामा मासिक रुपमा एकदेखि तीन पटकसम्म बढीमा १००, चारदेखि १५ पटकसम्म २००, १६ देखि ३० पटकसम्म ५०० र ३१ देखि ५० पटकसम्मको कारोबारमा बढीमा एक हजार रुपैयाँ दिइने जनाइएको छ । 

यस योजनाबाट सेन्चुरी बंैक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि.,महालक्ष्मीविकास बैंक लि., मेगा बैंक नेपाल लि., मुक्तिनाथविकास बैंक लि., एनसिसि बैंक लि., नेपालइन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वितहुने छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै