• २०८१ बैशाख ८ शनिबार

वाम गठबन्धन टुटाउन देशी-विदेशी शक्ति सक्रिय: माओवादी नेता शाही

kharibot

भक्तपुर, ३० पुस । पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशी विदेशी शक्तिको चलखेल बढेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा शाहीले वाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशी विदेशी शक्ति लागेको बताएका हुन् । 

वाम गठबन्धको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने उनको जिकिर छ । पाँच वर्षसम्म वाम गठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नर्गन उनले आग्रह गरे । उनले वर्तमान देउवा सरकारले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारलाई मान्य नहुने उल्लेख गरे ।

उनले भने, अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संविधान विपरित गएर काम गरिरहेकोे छ । निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उनले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानको समेत उलग्घन गर्ने काम गरेको टिप्पणी गरे । उनले प्रदेश नं ६ को समग्र विकासका लागि आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताए । उनले प्रदेश राजधानीका विषयमा ६ नम्बर प्रदेशमा कुने विवाद नरहेको समते दाबी गरे ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै