• २०८१ बैशाख ७ शुक्रबार

तीव्र सहरीकरणले भक्तपुरको औद्योगिक क्षेत्र धरासायी: व्यवसायी

kharibot

भक्तपुर, ३० पुस । तीव्र सहरी विकाससँगै भक्तपुरका उद्योगधन्दाहरु धरासायी बन्दै गइरहेको उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्तार र ब्यवसायको पाटो पहिचान गरी सहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धारासायी बन्दै गएको बताएका हुन् ।

रफत सञ्चार कल्बमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आएता पनि सरकार र स्थानीय सरकाले लागनीमैत्री वातारण नबनाउनु र सामान्य पूर्वाधारको तयार गर्न समेत नसक्दा भक्तपुरको उद्योग फष्टाउन समस्या भएको बताए । कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकिय विकासका लागि सरकारसमेत उदासीन रहेको बताए ।

यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिदैं मानन्धरले औद्योगिक विकासका लागि थप औद्योगिक क्षेत्रको स्थापना गरिनुपर्ने जोड दिए । त्यस्तै कार्यक्रमा उद्योगी व्यवासायी तथा नव उद्योग वाणिज्य महासंघ भक्तपुरका अध्यक्ष रामप्रसाद प्रजातपतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागि सक्दो पहल गरे भक्तपुर विभिन्न विधाको उपयुक्त उद्योगका रुपमा विकास गर्न सक्ने बताए । 

कार्यक्रममा भक्तपुरका विभिन्न उद्योगी व्यवसायीहरुले भक्तपुरको साना तथा घरेलु उद्योगका साथै अन्र्य सम्भावित उत्पादनको पहिचान गरी उद्योगका रुपमा विसका गर्न सके भक्तपुरको समग्र विकास गर्न सकिने बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै