• २०८१ बैशाख ८ शनिबार

नेपाली ब्राण्डका हस्तकलाको  प्रर्वद्धन गरिने: महोत्सव आज सम्पन्न हुने

kharibot

नेपाली हस्तकलाको ब्राण्डलाई विश्वमा चिनाउने उद्देश्यले नेपालमा आयोजना गरिएको तीन दिने ‘दक्षिण एशियाली हस्तकला महोत्सव’ आज (आइतबार) सम्पन्न हुँदै छ । नेपाली कालिगढहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले यो कार्यक्रम शुक्रबारदेखि सुरु गरिएको हो । 

गरिबी निवारण कोषले यस कार्यक्रमको आयोजना गरेको हो । महोत्सवमा कोषद्धारा सञ्चालित द्धन्द्ध प्रभावितका लागि बजार निर्माण परियोनाअन्तर्गत उत्पादित सामग्रीहरु सहित भारत र पाकिस्तानका कालिगढहरुले उत्पादन गरिएका सामग्रीहरु राखिएको छ । आज नेपालको ब्राण्डका हस्तकला सामग्रीहरुको प्रदर्शनी र विक्रीसहित दक्षिण एसियामा कला उद्योग र यस क्षेत्रको आर्थिक समाहिकीकरण बिषयक छलफल कार्यक्रम हुने भएको छ ।

शुक्रबारदेखि सुरु भएको यस कार्यक्रममा हस्तकालको विकास, अन्तर्राष्ट्रिय बजारमा यसको मागलगायतका व्यापार प्रवद्र्धनका साथै उत्पादन बढाउने विषयमासमेत छलफल भइसकेको छ । कार्यक्रमको समापन भने उद्योगमन्त्रि सुनिलबहादुर थापाले आज दिउँसो ३ बजे गर्ने कार्यक्रम रहेको छ । विश्व बजारमा नेपाली हस्तकलाको माग बढ्दै गएको अवस्थामा आयोजित उक्त कार्यक्रमले यसको प्रचारप्रसारलगायत काममा थप उत्साह प्रदान गर्ने देखिएको छ । महोत्वसमा नेपालमा १ सयभन्दा बढि हस्तकला व्यवसायीहरु सहभागि रहेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै