• २०८१ बैशाख ८ शनिबार

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

kharibot

पथरी, मोरङ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए । 

उनले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बतार । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै