जन्म र मृत्युमा ५ हजार नगद दिने देउमाइ नगरपालिकाको निर्णय, नगरवासी हर्षित

खरीबोट

मंगलबारे, इलाम ।  जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । 

देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो । 

जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ । 

जनप्रतिनिधि चुनिएपछिको पहिलो नगरसभाले यस्तो निर्णय गरेको हो । सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । 

त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ । ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पु¥याउन नगद रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ३०० जना महिलालाई सो रकम उपलब्ध गराउने लक्ष्य राखेको छ । 

विसं २०७१ मा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३६६ जनसंख्या छ । 

यस्तो कार्यक्रमले नगरवासीलाई जन्म र मृत्युमा सहज भएको स्थानीय युवराज खनालले बताउनुभयो । यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको भनाइ रहेको छ । 

सम्बन्धित समाचार

इलाम नगरपालिकामा आगलागी हुँदा रु १५ लाखको क्षति

मंगलबारे । इलाम नगरपालिका– ९ गोलाखर्कमा आज भएको आगलागीबाट रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो

इलामको गोदकमा एनआईसीको शाखारहित बैंकिङ सेवा सुरु

 कठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शुक्रबारदेखि बैंकले चौैंथो शाखारहित बैंकिङ्ग सेवा घट्टाबजार, गोदक, इलामबाट संचालनमा ल्याएको छ ।  ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय

अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना

मंगलबारे । गरिब, असहायलगायत लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा दिन इलाम अस्पताल इलाममा सामाजिक सेवा एकाइ स्थापना भएको छ । आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने

जति बढी बच्चा जन्मायो, उति बढी प्रोत्साहन रकम

मंगलबारे । इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने भएको छ ।  आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनगणना वृद्धि गर्न यस्तो नियम बनाइएको