लेस्टर सिटीसँग चेल्सी बराबरीमा रोकियो 

खरीबोट

काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीसँग चेल्सी बराबरीमा रोकिएको छ ।  घरेलु मैदानमा भएको खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा लेस्टरले चेल्सीलाई निकै दबाबमा राखेको थियो भने दोस्रो हाफमा चेल्सीले खेलम सुधार गरेपनि गोल भने गर्न सकेन ।

खेलको ६८औँ मिनेटमा बेन चिलवेल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा भने चेल्सीले लिन सकेन ।

बराबरीपछि तेस्रो स्थानको चेल्सीको २३ खेलबाट ४७ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको पनि ४७ अंक नै छ । ३१ अंकसहित लेस्टर आठौँ स्थानमा छ । 
 

सम्बन्धित समाचार

एभर्टनको जितमा थियो वालकटको निर्णायक गोल 

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ ।  गएराती भएको खेलमा एभर्टनले थियो वालकटको गोलमा न्युक्यासलमाथि जित हासिल गरेको हो । आफ्नो घरेलु मैदानमा खेलेको एभर्टनका लागि

मोहमद सलाहले जिते प्रिमियर लिगको उत्कृष्ट खेलाडीको अवार्ड 

काठमाडौँ । यस बर्षको प्रोफेशनल फुटबलर्स एसोशियसन (पिएफए) अवार्ड लिभरपुलका मोहमद सलाहले जितेका छन् । सलाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुनेलाई पराजित गर्दै सो अवार्ड जितेका हुन् । प्रिमियर लिगको यस सिजनमा

घरेलु मैदानमा वेस्टह्यामविरुद्ध आर्सनलको सहज जित 

काठमाडौँ । आर्सनलका म्यानेजर आर्सन वेंगरले क्लब छोड्ने घोषणा गरेपछिको पहिलो खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । इङलिश प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा आर्सनलले आफ्नो घरेलु मैदानमा वेस्टह्यामविरुद्ध ४-१

लिभरपुललाई बराबरीमा रोक्दै वेस्टबोर्मले अंक खोस्यो 

काठमाडौं । इङलिश प्रिमियर लिगअन्तर्गत लिगको पुछारमा रहेको वेस्टबोर्मले लिभरपुलसँग बराबरी खेल्दै एक अंक लिन सफल भएको छ ।  २-० ले अगाडी रहेको लिभरपुलविरुद्ध उत्कृष्ट कमब्याक गर्दै वेस्टबोर्मले खेलको अन्तिम मिनेटमा