चिसोबाट सप्तरीमा एक बालकसहित दुईको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या २७ पुग्यो

खरीबोट

राजविराज ।  पूर्वी तराईमा बढेको शीतलहर तथा जाडोका कारण सप्तरीमा आज साँझ थप एक बालकसहित दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुपनी गाउँपालिका–८ रायपुर निवासी २ वर्षीय शिवम् पासवान रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताए  । बालकलाई चिसो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया निवासी ७० वर्षीया शुगावतीदेवी सरदारको पनि चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २७ पुगे पनि प्रहरीले भने हालसम्म १६ जनाको मात्र पुष्टि गरेको छ । 

सम्बन्धित समाचार

सप्तरीमा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज / पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी

एनएमबि बैंकको ११०औ शाखा सप्तरीको तिलाठीमा

काठमाडौँ । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११०औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट

फोहोरबाट मोहर बनाउँदै महिला

लहान /  सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा

फोहोरबाट मोहर बनाउँदै महिला

लहान /  सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा