विद्यार्थी बेहोस हुँदा दैनिक पढाइ प्रभावित

खरीबोट

फाइल तस्बिर

जाजरकोट  । यहाँको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ । 

विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक छदेखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए । प्रअ शाहीका अनुसार भूत आयो भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन्  । 

एक हप्तादेखि दैनिक बिरामी हुँदा कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर चिच्याउने र अचेत हुने गरेको शाहीले बताउनुभयो । अर्धचेत भएकाको बहुलाउने, चिथोर्ने, कराउने, हातखुट्टा लुलो हुनेलगायत लक्षण देखा परेको उहाँको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको एकदेखि दुई घण्टापछि सामान्य अवस्थामा आउने शाहीले बताए । 

घरमा केही नहुने तर विद्यालय पुग्नासाथ बेहोस हुने गरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर कार्कीले बताए । 

भूतप्रेतकै कारण विद्यालयमा बालबालिका एक्कासि बेहोस पर्ने गरेको उनको भनाइ छ । विद्यालयमा भूतप्रेतको पूजा गर्नुपर्ने अवस्था आएको उनले बताए । 

पूजा नगरे बालबालिकाको ज्यान जाने खतरा बढेको उनले बताए । दैनिक विद्यार्थी बेहोस हुने समस्या बढ्दै गएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर परीक्षणसमेत गराएको प्रअ शाहीले बताए । 

सम्बन्धित समाचार

जाजरकोट अस्पताल  बन्दै छ बेहाल

जाजरकोट । जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ

जाजरकोटमा आर्थिक गणना वैशाख १ देखि शुरु हुने

जाजरकोट । आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो । आर्थिक गणनाका लागि जिल्लामा

बालमैत्री नगर बनाउन १६ बुँदे प्रतिबद्धता

जाजरकोट । छेडागाड नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन जनप्रतिनिधिले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका छन् ।  ‘बालअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यवस्था र स्थानीय सरकारको भूमिका’ विषयक दुईदिने अभिमुखीकरणको समापन कार्यक्रममा जनप्रतिनिधिले १६

भेरी नदी पुलबाट लडेर घाइते लामाको उपचारको क्रममा मृत्यु

जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डअन्तर्गत वैरीताल, चिसापानीबीचमा रहेको भेरी नदीमा निर्माण भएको पुलबाट लडेर घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु भएको छ । पुलबाट खसेर गम्भीर घाइते भएका बारा गढीमाई नगरपालिका–१५ का