इभर्टनविरुद्ध टोटनह्यामको फारकिलो जित, ह्यारी केनले बनाए रेकर्ड 

खरीबोट

काठमाडौ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले इभर्टनविरुद्ध फारकिलो जित हासिल गरेको छ । गएराती भएको खेलमा टोटनह्यामले इभर्टनलाई ४-० ग्ल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केनले २, क्रिस्टियन इरिक्सन र सन् हेंग मिनले एक एक गोल गरेका थिए ।

यस खेलमा दुई गोल गर्दै ह्यारी केनले टोटनह्यामबाट प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । केनले कुल ९८ गोल गर्दै यस अघि टोटनह्यामका लागि ९७ गोल गर्ने टेडी शेरिंगघमको रेकर्डलाई तोडेका हुन् । केनले सन् २०१७ मा कुल ५६ गोल गर्दै रोनाल्डो र मेसीलाई समेत उछिन्दै बर्ष भरि धेरै गोल गर्ने खेलाडी बनेका थिए ।

साथै केनले २० गोल गर्दै यस सिजनको प्रिमियर लिगमा धेरै गोल गर्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा रहेका छन् । केनले २० गोल गरेका छन् । साथै केन प्रिमियर लिगमा लगातार चौथो पटक २० भन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् । केन चौथो पटक २० भन्दा बढी गोल गर्ने तेस्रो खेलाडी हुन् । यस अघि थिएरी हेनरीले ५ पटक र अलन शेयरेरले ४ पटक २० भन्दा बढी गोल गरेका थिए ।

जितसँगै टोटनह्याम २३ खेलमा ४४ अंक सहित लिगको पाचौ स्थानमा रहेको छ भने इभर्टन २३ खेलमा २७ अंक सहित लिगको ९औ स्थानमा रहेको छ ।      
 

सम्बन्धित समाचार

प्रिमियर लिगमा लिभरपुल पराजित 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल स्वान्सी सिटीसँग पराजित भएको छ । गएराती स्वान्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुल १-० ले पराजित भएको हो । स्वान्सीको जितमा खेलको ४०औ मिनेटमा

प्रिमियर लिगमा आर्सनलको सहज जित 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले क्रिस्टल प्यालेसमाथि सहज जित हासिल गरेको छ ।  गएराती भएको खेलमा आर्सनलले प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । आफ्ना स्ट्राइकर एलेक्सिस सान्चेजलाई

बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित, मार्सियलले गरे निर्णायक गोल 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । गएराती भएको खेलमा युनाइटेडले बर्नलीमाथि १-० को जित हासिल गरेको हो । युनाइटेडको जितमा एक मात्र गोल एन्टोनी

म्यानचेस्टर सिटीको जितमा सर्जियो अग्युरोको ह्याट्रिक 

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी लयमा फर्किएको छ । गत साता लिभरपुलबाट उसकै मैदानमा ४-३ गोल अन्तरले पराजित बह्येको सीटी पुन विजयी लयमा फर्किएको हो ।  गएराती भएको